हेटौंडा अस्पतालको कन्तबिजोग,मेसु भन्छन् : सुधार्ने प्रयासमा छु

गुगलपाटी संवाददाता हेटौंडा,१८ भदौ
१८ भाद्र २०७५ ०९:५४

सोमबार मध्यान्हको समय । मौसम सामान्य थियो । मकवानपुरको हेटौंडा अस्पतालमा भीडभाड थियो । आइतबार ओपिडी सेवा नै बन्द गरेर डाक्टरहरु हड्तालमा उत्रिएका कारण सोमबार अली बढी बिरामीको चाप होकि भन्ने आँकलन गर्न सकिन्थ्यो । यद्यपी सोमबार पनि डाक्टरहरुको हड्ताल कायमै थियो ।
तर,उनीहरुले सोमबारको ओपिडी सेवा भने बन्द गरेका थिएनन् तर प्रशासनिक काम ठप्प थियो । भनेको समयमा ओपिडीमा डाक्टरहरु थिएनन् । सर्लाहीदेखि आएकी भानु बिक छोराको उपचारका लागि लाइनमा थिइन् । घर फर्कनु पर्ने तर डाक्टरको उपचार सेवा नपाउँदा समस्या भएको बताइन् ।
बिरामीहरुसंगको गुनासोपछि अस्पतालका मेडिकल सुपरिटेण्डेन डा.प्रबीण श्रेष्ठलाई खोज्दा उनी आफ्नो कार्यालयमा थिएनन् । उनी आन्दोलनमा रहेका कारण कार्यालयमा नबसेको उनका कर्मचारी बताउछन् । हालै काजमा हेटौंडा अस्पतालको प्रमुख भएका श्रेष्ठ अस्पतालको फार्मेसीमा थिए । उनी फार्मेसीले गरेका कामको बिषयमा चासो दिदै थिए । उनले भन्दै थिए,फार्मेसीले समेत बद्मासी गर्न थाल्यो । उनी प्रशासन फांटबाट पीडित रहिछन् । प्रशासन क्षेत्रमै आफ्नो बढी समय गएका कारण अन्त समय दिन नसकेको उनले बताए । आन्दोलनको बिषयमा उनले आकष्मि बन्द नभएको अरु बन्द रहेको बताए। आफै सर्जनका डाक्टर रहेका श्रेष्ठले हाल अपरेशन सेवा बन्द रहेको बताए ।