यस्तो निर्णय गर्यो तीन नम्बर प्रदेशको मन्त्रीपरिषदले

गुगलपाटी संवाददाता हेटौंडा,१८ भदौ
१८ भाद्र २०७५ १०:१४

प्रदेश नम्बर तीनको मन्त्रीपरिषद् बैठक सोमबार बसेको छ । बैठक मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रीपरिषद् बैठकले ६ वटा निर्णय गरेको हो ।

बैठकले प्रदेश निजामति सेवा पुरस्कार सम्बन्धमा कार्यविधि स्वीकृत गर्ने, सामाजिक विकास मन्त्रालयको मातहतमा रहने कार्यालयको स्थापना गने स्वीकृत गर्ने, प्रदेश खेलकुल विकास गर्ने सम्बन्धमा बनेको विधेयकको अवधारण पत्र स्वीकृत गर्ने निर्णय गरेको ढुंगेलले जानकारी दिए ।
यस्तै बैंठकले सामाजिक सुरक्षा गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अवधारणमा सैद्धान्तिक स्वीकृत गर्ने, युवाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको अवधारण पत्रको सैद्धान्तिक स्वीकृत गर्ने र प्रादेशिक शिक्षा परिषद्को स्थापना गर्न बनेको विधेयकको अवधारणा पत्रको सैद्धान्तिक स्वीकृत गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवायलयले जनाएको छ।