हेटौंडामा संचालनमा आयो एकीकृत सुमो काउण्टर
गुगलपाटी संवाददाता हेटौंडा,१८ भदौहेटौंडा उपमहानगरपालिकाले सवारीका साधनहरुलाई ब्यबस्थित गर्ने काम अनुसार आज बाट हेटौंडाका सबै टाटासुमोहरुलाई चौकीटोलको रोपवय चौरबाट संचालन गरेको छ । हेटौंडा बजार क्षेत्रमा बढ्दै गएको सवारीका चापलाई कमी गर्न र यात्रुहरुलाई सहज रुपमा यात्रा गर्न सजिलो गर्ने उदेस्यले हेटौंडा १ चौकीटोलमा रहेको रोपवय चौरमा साझा सुमो काउन्टर खोलेर आजबाट संचालनमा ल्याइएको हो । साझा सुमो सेवा घरको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उध्घाटन् गर्नुभयो ।
यहाँबाट आज देखि औपचारिक रुपमा टाटा सुमोहरु संचालन हुने भएपछी मेयर महतले आज यात्रुभरीएको सुमो पनि रिवन काटेर काठमाण्डौ पठाउनुभयो । तीन नंम्बर प्रदेशको राजधानी हेटौंडामा सवारी धेरै भएपछी ब्यबस्थित ढंगले संचालनका लागि एकै स्थानबाट सबै यात्रुहरुले गन्तब्यमा जान सक्नेगरी संचालनमा ल्याइएको मेयर महतले बताउनुभयो । हेटौंडालाई शुन्दर र ब्यबस्थित शहर बनाउने अभियानका साथ यस रोपवय चौरमा नमुना बसपार्क बनाउने उहाँले बताउनुभयो । धेरै सवारीका कारण अस्तब्यस्त शहहरलाई क्रमश ब्याबस्थापन गर्दै लैजाने अभियान अनुसार काम गरिरहेको बताउँदै मेयर महतले भन्नुभयो(हेटौंडा बजारमा जताततै सवारी पार्किङ गर्ने ब्याबस्थालाई तोडेर अहिले हेटौंडाको मेनरोड, रापतिरोड, स्कुलरोड, कान्तिलोकपथलाई नो पार्किङ बनाउनु सफल भयौ । त्यसैगरी टाटा सुमोलाई पनि एकै स्थानबाट बजार क्षेत्रबाट हटाएर चौकीटोलमा ब्याबस्थापन गरेका छौ । अझै सवारी ब्याबस्थापनमा धेरै काम गर्ने हाम्रो सोच छ ।ु
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले अ साझा सुमो काउन्टर संचालनमा आएसंगै यात्रुहरु ठगिने, समस्यामा पर्ने र कुनुपर्ने बाध्यताबाट अब सबैले छुट्कारा पाउने बताउनुभयो । उपमहानगरपालिकाले गरेको निणय कार्यनयन गर्नका लागि प्रशाशन लाग्ने उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभयो । अबका दिनहरुमा यात्रुहरु तानातान गर्ने प्रबृतिको पनि अन्त्य भएको उहाँको भनाई छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बुद्धीराज गुरुङले सवारी पार्किङ ब्याबस्थापन गर्नका लागि एक भएर लागिएको बताउनुभयो । अब टाटा सुमोहरुमा ठग्ने बिचौलीयाहरुलाई कार्बाही गरिने उहाँले बताउनुभयो ।
तोकिएको स्थान भन्दा फरक स्थानबाट टाटा सुमो संचालन गरिएमा नियन्त्रणमा लिएर कार्बाही गरिने बताउनुभयो । कार्यक्रममा जिप समन्वय समितिका संयोजक गुन्जमान सिङले सबै टाटा सुमोहरुलाई एकै स्थानबाट संचालमा ल्याएर उपमहानगरपालिकाले अत्यन्तै राम्रो काम गरेको बताउनुभयो । हेटौंडा १ का वडाअध्यक्ष सबिन न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उपमहानगरपालिकाका उपमेयर मिना लामा, हेटौंडा ११ का वडाअध्यक्ष गोकर्ण पराजुली, हेटौंडा २ का वडाअध्यक्ष हरि राउत, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई लगायतकाको सहभागिता रहेको थियो ।