नयाँ विद्यार्थीलाई स्वागत तथा सम्मान

गुगलपाटी संवाददाता हेटौंडा, १८ भदौं
१८ भाद्र २०७५ १२:५६

नेपाल विद्यार्थी संघ बनविज्ञान संकायद्वारा विएस्सी फरेष्ट्री पढ्न आएका प्रथम वर्षका विद्यार्थीहरुलाई सोमबार क्याम्पसभित्र स्वागत, सम्मानसहित सांस्कृतिक कार्यक्रम गरेको छ ।
नेविसंघ वनविज्ञान संकायका सभापति प्रकाश तिवारीको सभाध्यक्षता तथा काँग्रेस मकवानपुर पार्टी सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा वनविज्ञान संकायमा विएस्सी फरेष्ट्री पढ्न आएका प्रथम वर्षका विद्यार्थीहरुलाई प्रमाणपत्रसहित स्वागत गरिएको हो ।
कार्यक्रममा कांग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, प्रवक्ता प्रदिप कोइराला, जिल्ला सदस्य एवं विद्यार्थी विभाग प्रमूख राजिव सुवेदी, जिल्ला सदस्य एवं खेलकुद विभाग प्रमूख सुनिल दाहाल, जिल्ला सदस्य राजन खरेल, नेविसंघ केन्द्रीय उपाध्यक्ष नीलकण्ठ रिजाल, केन्द्रीय सहमहामन्त्री एवं प्रवक्ता प्रेमराज जोशी, कृषि वन विश्वविद्यालयका डिन डा. बलराम भट्ट, नेविसंघ जिल्ला राजु खतिवडा, तरुण जिल्ला सचिव सचित थापा, त्रिवि वनविज्ञान ईकाइ सभापति पंकजकुमार ठाकुर, स्ववियु सभापति सुदिप भट्टराई, कृषि वनविज्ञान रामपुर चितवन ईकाई सभापति मन्दिप पोखरेललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
वनविज्ञान संकायका विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुतीसहितको कार्यक्रममा नेविसंघमा लामो समय योगदान गर्नुहुने कांग्रेसका जिल्लास्तरीय नेता, वनविज्ञान अध्ययन संस्थानमा प्राध्यापन गराउनुहुने प्राध्यापक, तरुण, विद्यार्थी नेताहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।