मानव बेचबिखन बिरुद्ध र्याली

गुगलपाटी संवाददाता मनहरी
१८ भाद्र २०७५ १३:११

मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको १२ औँ राष्ट्रिय दिवसको अबसरमा मनहरी गाउँपालिकामा ¥याली तथा सडक नाटक प्रदर्शन गरिएको छ ।

मनहरी गाउँपालिकाको आयोजना तथा विभिन्न गैरसरकारी संघसंस्थाहरुको समन्वयमा ¥याली एबम् सडक नाटक प्रदर्शन गरिएको हो । रजैया पुलछेउदेखि निकालिएको प्लेकार्डसहितको ¥यालीपछि मनहरी गाउँपालिका ४ गोलघरमा पुगी सडक नाटक प्रदर्शन गरिएको हो ।

सडकनाटक कार्यक्रम अघि आयोजित समारोहलाई सम्बोधन गर्दै मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले एक्काइशौँ शताब्दीमा आएर पनि बेचबिखन नरोकिएको र स्वरुप मात्र परिबर्तन भएको भन्दै समाजको कलंकको रुपमा रहेको मानव बेचबिखनको घटनालाई रोक्नका लागि सबै पक्ष एक भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा मनहरी गाउँपालिका ३ का वडा अध्यक्ष मानवबहादुर स्याङ्तान, ४ का वडा अध्यक्ष धु्रव खड्का, कार्यपालिका सदस्य गीता प्रजा, पम्फा रोक्का ४ नं वडा सदस्य गोमा गौतम लगायत जनप्रतिधिहरुको सहभागिता रहेको थियो ।

सहास नेपाल, माइती नेपाल, हिमराइट्स, इटिएससी नेपाल, सिडिओ नेपाल, सिविन नेपाल, बाल कल्याण समाज तथा एकता किशोर किशोरी सञ्जाल लगायतका संघसंस्थाहरुले ¥याली तथा सडक नाटकमा सहभागिता जनाएका थिए । सडक नाटक एकता किशोर किशोरी सञ्जालको तर्फबाट प्रस्तुत भएको थियो ।