सुन तस्करीको आरोपमा भारतीय नागरिक पक्राउ
गुगलपाटी संवाददाता हेटौंडा,२० भदौतीन नम्बर प्रदेश कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले चितवनको भरतपुरबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
सुनको अबैद्य कारोबार गरेको आरोपमा भरतपुर १ पुतली बजारमा न्यू गणेश सुनचाँदी पसल संचालन गर्दै आएका भारतीय नागरिक राजेन्द्र शिवाजी पाटेललाई पक्राउ गरेको हो । उनको साथबाट १२ लाख नगद सहित २ किलो ७६ ग्राम सुन बरामद भएको प्रहरीको तीन नम्बर प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
पटिलको साथबाट केही चाँदीपनि बरामद भएको र बरामद सामान सहित उनलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसंधान कार्यालय काठमाडौं पठाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।