बलात्कार बिरुद्ध युवा शक्ति चिन्तित

गुगलपाटी संवाददाता हेटौंडा,२० भदौ
२० भाद्र २०७५ १२:३३

नयाँ शक्तिनिकट युवा शक्तिले बलात्कार लगायतका बिषयमा चिन्ता जनाएको छ ।
प्रदेश नम्बर ३ ले १३ वटै जिल्लाका प्रशासन कार्यालय मार्फत् बलात्कार, महिला हिंसा जस्ता घटनाहरु रोक्न र पिडकलाई हदैसम्मको कारवाही माग गर्दै ज्ञापन पत्र बुझाएको छ हो । युवा शक्ति नेपाल प्रदेश ३ का अध्यक्ष तुफान बिक्रम क्षेत्री (दिपशक्ति)ले मकवानपुर जिल्ला प्रशासन कार्यालय मार्फत् सरकारलाई ध्यानाकर्षण गराउँदै ज्ञापन बुझाएका हुन्

देशैभरि भइरहेको यस्तो जघन्य अपराधको छानबिनमा सरकारले देखाएको लाचारीपनाप्रति भत्र्सना गर्दै यस्तो घटना हुनै नदिन र तत्काल छानबिन गरी दोषीमाथि कारवाहीको माग गर्दै ज्ञापन बुझाएको क्षेत्रीले बताए ।