क्योकुसिनलाई बेल्जियमबाट आर्थिक सहयोग

गुगलपाटी संवाददाता मनहरी
२१ भाद्र २०७५ ०६:१९

नेपाल क्योकुसिन कराँते डोजो मनहरी शाखाका लागि बेल्जियममा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

केही समयदेखि बेल्जियम बस्दै आएका मनहरी गाउँपालिका ७ घर भएका बीरबहादुर प्रजाको समन्वयम डोजोका लागि ५० हजार रुपियाँ प्राप्त भएको हो । लामो समयदेखि मनहरीमा कराँतेका कुनै पनि गतिविधिहरु नभइरहेको अबस्थामा एकमहिनाअघि डोजो स्थापना गरी क्योकुसिन कराँते प्रशिक्षण सुरु भएकाले बेल्जियममा बस्ने नेपालीहरुले खुसी भएर रकम सहयोग पठाएको प्रशिक्षक लवाङ दोर्जे लामाले बताए ।

प्रशिक्षक लामाका अनुसार बेल्जियमबाट प्राप्त रकमले प्रशिक्षार्थीहरुको बेल्ट टेस्ट तथा कार्यालय सञ्चालनमा खर्च गरिनेछ । डोजोलाई आर्थिक सहयोग गर्नेहरुमा बेल्यिजममा रहेका मनहरी ७ निबासी बीरबहादुर प्रजा, नवलपरासी गैँडाकोट २ का टिकाराम सापकोटा, भरतपुर महानगरपालिका १० का इजरेल मियाँ, पोखरा २ का शरण केसी, पोखरा २ का सुशील हिराचन, पोखराकै सुजित गुरुङ, खैरहनी १० का सिएन चौधरी, भरतपुर महानगर १९ का राजु श्रेष्ठ र नुवाकोटका श्याम बहादुर थापा बेल्जियमबाट बीरबहादुर प्रजाले जानकारी दिएका छन् ।