खोलाले बस बगायो
गुगलपाटी संवाददाता हेटौंडा,२१ भदौ
मकवानपुरको मनहरी गाउँपालिका वडा नं ४ मुलखोलाबाट हेटौँडा तर्फ आउदै गरेको यात्रुबाहक बसलाई मसिने खोलाले बिहीबार बिहान बगाएको छ ।
बिहान परेको बर्षापछि मसिने खोलामा आएको बाढीले ना ३ ख २७१ नम्बरको बस बगाएको स्थानीयहरुले जानकारी दिएका छन् । मनहरी गाउँपालिका ४ स्थित गोलघरभन्दा ३ सय पर दक्षिणमा खोलाले बसलाई पल्टाएको मनहरी गाउँपालिका वडा नम्बर ४का अध्यक्ष ध्रुव खड्काले बताए । खहरे खोला उर्लिएर आएपछि बस खोलाको बीचमा परेको र यात्रुहरुलाई सकुशल उद्धार गरिएको वडा अध्यक्ष खड्काले बताए ।तर,इलाका प्रहरी कार्यालय मनहरीले भने यस बिषयमा कुनै जानकारी नआएको बताएको छ ।