टोल बिकास संस्थाका पदाधिकारीहरुको पदस्थापना
गुगलपाटी संवाददाता हेटौंडा,२१ भदौटोल विकास संस्था नगर समन्वय समितिको मिति २०७५ भदौ १५ गते सम्पन्न दोश्रो अधिवेशनबाट निर्वाचीत पदाधिकारीहरूलाई बिहीबार एक कार्यक्रमका बिच सपथग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न गरियो । निर्वाचन समितिका सम्योजक मुकुन्द प्रसाद अधिकारीको अध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निर्वाचन समितिका सचिव हिम प्रसाद पौडेल, नव निर्वाचित अध्यक्ष ध्रुव प्रसाद अधिकारीले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा निर्वाचन समितिका सम्योजक मुकुन्द अधिकारीले पद तथा गोपनियताको सपत गराउनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि मेयर महतले कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नु हुदै हेटौंडा नगरिलाई सफा, सुन्दर एवं फुलै फुलको हरित नगरि बनाउने अभियानमा विशेष गरि टोल विकास संस्थाहरूको विशेष महत्त्व रहेको बताउनु भयो । कार्यक्रममा संस्थाका अध्यक्ष ध्रुव प्रसाद अधिकारी, उपाध्यक्षहरू सति न्यौपाने, सीता विस्ट, गङ्गा प्रसाद पौडेल, महासचिव शिवहरि दाहाल, उपमहासचिव ज्ञान बहादुर थापा, सचिवहरू राजेन्द्र चौलागाई, शुशिला मल्ल, देवकुमार श्रेष्ठ, कोषाध्यक्ष चन्द्रावति पनेरू, सहकोषाध्यक्ष गिता मैनालि लगाएत निर्वाचित ३५ जनाको उपस्थिति रहेको थियो ।