प्रकाण्डलाई एकाबिहानै हेटौंडाबाट हिडाइयो(अपडेट)
गुगलपाटी संवाददाता हेटौंडा,२२ भदौबिहीबार राति हेटौंडा ल्याइएका विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई दाङ लगिएको छ ।
भोजपुरबाट हेटौंडा ल्याई जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखिएका प्रकाण्डलाई शुक्रबार बिहान दाङ लगिएको हो ।
श्रोतका अनुसार जिल्ला अदालत भोजपुरमा थुनछेक बहसपछि रिहा गर्न आदेश दिएपनि पक्राउ परेका प्रकाण्डलाई दाङ लैजादै गर्दा हेटौंडामा राखिएको हो ।
उनलाई सर्बोच्चले पटक पटक रिहा गर्न आदेश दिएपनि प्रहरीले अदालत परिसरबाट पक्राउ गर्दै आइरहेको छ । मकवानुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेश कुमार सिंहले प्रकाण्डलाई हेर्टाैंडाबाट हिडाइएको बताए ।