क्रसर उद्योग मापदण्डमा आउनुपर्छ–मुख्यमन्त्री पौडेल

गुगलपाटी संवाददाता हेटौंडा, २२ भदौ
२२ भाद्र २०७५ १५:३६

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले क्रसर उद्योगहरुले प्रकृतिमाथि ज्यादती गरेको भन्दै मापदण्डभित्र आउनुपर्ने बताउनुभएको छ । उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्रलायको आयोजनामा आज मुख्यमन्त्री तथा मन्त्री परीषदको कार्यालयमा भएको छलफलमा मुख्यमन्त्री पौडेलले क्रसर उद्योगको लापरबाहि र मनपरी भएको भन्दै यसको लागि प्रदेश सरकारले तय गरेको मापदण्डमा रहन निर्देशन दिनुभएको छ ।

क्रसर उद्योगहरु आफैं नियमभित्र नरहेकोले अहिले समस्या भईरहेको उहा“को भनाई थियो । प्रकृति सबैको सम्पत्ति भएको भन्दै उहा“ले एउटाको मनपरी सह्य हुनै नसक्ने स्पष्ट पार्नुभयो । यसैगरी अप्रत्यासितरुपमा ढुंगा, गिटि र बालुवाको मूल्य बृद्धि भएकोमा पनि मुख्यमन्त्री पौडेलले चासो व्यक्त गर्नुभएको छ । राजमार्गको नजिक, ठुला नदिहरु भित्र तथा घनाबस्तीमा कुनैपनि हालतमा क्रसर सञ्चालन अनुमति नदिईने पनि उहा“को भनाई थियो । यस्तै छलफल कार्यक्रममा बोल्दै ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले क्रसर उद्योगीहरुमा रहेको व्यथिती हट्न जरुरी रहेको बताउनुभएको छ । जनताको सम्पत्तिलाई अहिले क्रसर व्यवसायीले मनपरी गरेको भन्दै यस्ता कुरामा ध्यान दिन आग्रह गर्नुभएको छ । क्रसरहरुले कर छली गरीरहेको बताउ“दै मन्त्री जम्कट्टेलले सर्बप्रथम करका दायरामा आउनुपर्ने स्पष्ट पार्नुभयो । कार्यक्रममा बोल्दै उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्री अरुण नेपालले क्रसरहरुको अराजकता फैलिएको भन्दै यस विषयमा उद्योगहरु गम्भिर बन्नुपर्ने बताउनुभयो । क्रसर व्यवसायीले आफ्नो व्यापार मात्र सम्झेर विविध अन्य संरचनालाई वास्ता नगरेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै क्रसर व्यवसायीहरुले मुल्य वृद्धिमा समायोजन गर्न तयार रहेको बताएका छन् । सरकारको केहि मापदण्डले व्यवसायमा असर पर्ने उनीहरुले धारणा राखेका थिए । क्रसरहरु बन्द भए विविध विकासका आयोजना समेत प्रभावित हुने उनीहरुको भनाई छ । कार्यक्रममा ३ नम्बर प्रदेशका मुख्य सचिव आनन्दराज ढकाल, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिबद्वय रमेश शिवाकोटी र ईन्दिरा दाहाल, उद्योग, पर्यटन वन तथा वाताबरण मन्त्रालयका सचिब शिवकुमार वाग्लेलगायत सहभागि हुनुहुन्थ्यो । छलफलमा मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, नुवकोट, सिन्धुपाल्चोक जिल्लाका क्रसर व्यवसायीहरु सहभागि रहेका थिए ।