अब हेटौंडामा नै दोहोरीको मज्जा
गुगलपाटी संवाददाता हेटौडाहेटौडामा दोहोरी साँझ संचालनमा आएको छ । हेटौडा दोहोरी साँझ मकवानपुरका युवाहरु मिलेर हेटौडा १० टिसिएन रोडमा संचालनमा ल्याएका हुन । करिव ६५ लाखको लागतमा संचालनमा ल्याईएको दोहोरी साँझको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष किताब सिङ् लामाले एक कार्यक्रम बिच रिवन काटेर सुभारम्भ गरेका हुन ।
दोहोरी साँझको सुभारम्भ गर्दै वडा अध्यक्ष लामाले पछिल्लो समय बिस्तारै कला संस्कृतिको लोप हुँदै गइरहेको अबस्थामा त्यसको संरक्षण र प्रबर्दनका लागि दोहोरी साँझले महत्वपुर्ण भुमीका खेल्ने बताए । हेटौडामा दोहोरी साझ खोलिनु सकरात्मक भएको भन्दै हेटौडेलीहरुलार्ई कामको थकान मेट्न र मनोरंजन संगै दोहोरीमा रमाउन सजिलो भएकोे बताए । नेपाली कला सस्कृति जोगाउदै मनोरन्जनका साथै लुकेका प्रतिभा उजागर गर्न आफुहरुले हेटौडामा दोहोरि साँझ संचालनमा ल्याएको दोहोरी साँझका प्रमुख प्रकाश गौतमले बताए । कला संस्कृतिको संरक्षण र प्रबद्र्धनका लागि दोहोरी साँझले महत्वपुर्ण भुमीका खेल्ने विश्वास लिएको गौतमले बताउछन् । उनले थपे,“हेटौडा मनोरञ्जनको लागि पर्याप्त ठाउँको अभाव देखेको करण हेटौडेली वासीलाई नयाँ टेस्ट दिने चाहाना स्वारुप संचालन गरेका हौँ ।” साथै ७ दिने विशेष शुभारम्भ कार्यक्रममा भएको नाफाको केहि प्रतिशत रकम सामाजिक कार्यमा समेत सहयोग गरिने गौतमले बताए ।
दोहोरी साँझमा गायक दिपेन्द्र पुन मगर, निसा श्रेष्ठ, रोसनी थापा, जिविका थापा, सर्मिला लामा, राजुव सुनार, निगम खाती, विक्रम खाती लगाएतका कलाकारहरुले विशेष प्रस्तुती दिने अर्का हेमन्त ठाढा मगरले बताए । बाध्यवादनमा हिमाल स्याङतान, रन्त पुलामी मगर लगायत रहेको छन् ।हाल दोहोरीमा २१ जना कर्मचारीले रोजगारी पाईरहेको अर्का संचालक महेन्द्र राना मगरले बताए । ८० देखि १ सय जना अट्ने क्षमता भएको दोहोरी साँझमा हरेक दिन साँझ ५ बजेबाट बेलुका १२ बजेसम्म लोकप्रिय कलाकारहरुको साथमा पारिवारिक वाताबरणमा दोहोरी संचालन हुनेछ । दोहोरीमा ग्राहकहरुका लागि स्वस्थकर खाना र उत्कृष्ट सुविधा उपलब्ध गराउने उनले दाबी गरे । ‘हामी अन्यठाउँको भन्दा फरक यो कुरामा छौँ की ग्राहकहरुको सुविधाको कुरामा हामीले कुनै सम्झौता गर्नेछैनौँ ।’ उनले भने–‘त्यो पनि अन्यत्र भन्दा निकै सुलभ मुल्यमा ।’