चेलीहरु सम्मानित

गुगलपाटी संवाददाता हेटौंडा,२३ भदौ
२३ भाद्र २०७५ १३:१०

हेटौंडाको पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरले हरेक वर्ष प्रदान गर्ने जागरुक महिला सम्मान यो वर्ष पनि दुई जनालाई प्रदान गरेको छ । हेटौंडा–२ की सूचना पराजुली श्रेष्ठ र मनहरी गाउँपालिका–३ की योगमाया न्यौपानेलाई शनिबार नगद १० हजार रुपैयाँसहित ‘जागरुक महिला सम्मान–२०७५’ प्रदान गरिएको हो ।

पराजुली घरेलु उद्यममा आफूलाई स्थापित गरेकी छिन् । अचार उद्योग स्थापना गर्दै तालिम समेत प्रदान गर्दै आएकी उनले टेष्टि अचार उद्योग सञ्चालन गर्दै आइरहेकी छिन् । महिलाहरुलाई उद्यममा प्रेरित गर्ने उनले जिल्ला बाहिरसमेत यससम्बन्धी तालिम सञ्चालन गर्दै आएकी छिन् । यस्तै, मनहरी गाउँपालिका–३ हाँडीखोला निवासी न्यौपाने विकास अभियन्ताकी रुपमा परिचित छिन् । हाँडीखोलमा झोलु·े पूल निर्माणमा अग्रसर भूमिका निर्वाह गरेकी उनी सहकारी मार्फत महिलाहरुलाई सचेत बनाउने काममा पनि सक्रिय छिन् । रेडियो मकवानपुरको प्रा·णमा भएको कार्यक्रममा दिव्यतारा सहकारी संस्था लिमिटेडकी अध्यक्ष महालक्ष्मी उपाध्याय डिना, रेडियो सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुली, प्रदेशसभा सदस्य सन्त चेपाङलगायतले सम्मान प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिनाले सहकारीको माध्यमबाट महिलाहरु जागरुक भइरहेको बताइन् । जागरुक महिलाहरुले समाजमा उल्लेखनीय योगादन पु¥याएको भन्दै उनले यसलाई निरन्तरता दिन आग्रह समेत गरिन् । पराजुली र न्यौपानेले समाजमा उल्लेखनीय योगादन दिएको भन्दै रेडियो मकवानपुरले सम्मानका लागि छनौट गरेको जागरुक महिला सम्मान छनौट समितिका संयोजक प्रकाश खतिवडाले जानकारी दिए ।