टोल बिकास संस्थाको सरसफाई अभियान जारी
गुगलपाटी संवाददाता हेटौंडा,२३ भदौहेटौंडा उपमहानगरपालिका १ नम्बर वडा समितिको कार्यालयको सहयोगमा टोल विकास संस्था नगर समन्वय समितिको आयोजना तथा टोल विकास संस्था वडा समन्वय समितिको व्यवस्थापनमा हेटौंडा १ मा रहेको हेटौंडा अस्पताल र चाईनाक्वाटर क्षेत्र सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपमेयर मिना लामा, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सविन न्यौपाने,टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख बुद्धिराज गुरूङ, पुरानो गोरखगण सुपारिटार ब्यारेकका क्याप्टेन मिलन लामा, वडा सदस्यहरू, टोल विकास संस्था वडा समन्वय समिति, नगर समन्वय समितिका पदाधिकारिहरू, १ नम्बर वडामा रहेका टोल विकास संस्थाका पदाधिकारीहरू, नेपाल प्रहरी, नेपाली सेनाका गरि करिब ४०० जनाको उपस्थिति रहेको थियो ।
१९ हप्ता १९ वडामा सन्चालन गरिने यो अभियानको आज तेश्रो हप्ताको कार्यक्रम रहेको समितिका अध्यक्ष ध्रुब अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर महतले हेटौंडाको हरियाली प्रबर्द्धन, वातावरण संरक्षण र सरसफाइमा टोल विकास संस्थाहरूले खेलेको भुमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताउनु भयो ।