ब्यवसायीले नै भनेःहेटौंडामा अटो र इरिक्सा बढी भो

अशेष ढुंगाना मकवानपुर
११ चैत्र २०७४ १२:१४

हेटौंडामा अटो रिक्सा तथा इरिक्सा आवश्कयता भन्दा बढी रहेको ब्यवसायीहरुले नै बताएका छन् ।
आइतबार हेटौंडामा पत्रकार सम्मेलनको अयोजना गरी उनीहरुले हेटौंडा उपमहानगरपालिकाले अब नयाँ अटो रइरिक्साहरुका लागि अनुमति दिन नहुने तर्क समेत गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल अटो तथा इरिक्सा मकवानपुरका अध्यक्ष भीम प्रसाद गौतमले हेटौंडामा आवश्यकता भन्दा बढी अटो र इरिक्सा संचालनमा रहेका कारण बजार नै अस्तब्यस्त रहेको बताए । उनले भएका यस्ता सवारी साधनको ब्यवस्थापनमा उपमहानगरपालिका लाग्नुपर्नेमा जोड दिए ।
यसरी नै पत्रकार सम्मेलनमा अटो तथा इरिक्सा ब्यवसायीहरु रुकमणी सुवेदीले पनि अटो ब्यवस्थापनका लागि सरकारी स्तरबाट प्रयास नभइ आफूहरुलाई मारमा पार्ने मात्र काम भएको बताइन् । संघर्ष समितिका संयोजक कृष्ण रेग्मीले चंकजांच तथा बिभिन्न बाहनामा आफूहरुलाई दुःख दिने कार्य भएको भन्दै त्यसको बिरोध गरे । उनले हेटैंडा बजारलाई ब्यवस्थित बनाउनका लागि अटो र इरिक्साका संख्या थप्न नहुने र भएकाहरुलाई उचित तवरले ब्यवस्थापन गरिनु पर्ने बताए । पत्रकार सम्मेलनमा उनीहरुले अटो र इरिक्सामा लगानी नगर्न पनि सुझाएका छन् ।