बिपी जयन्तीको अवसरमा बिबिध कार्यक्रम
गुगलपाटी संवाददाता हेटौंडानेपाली कांग्रेस मकवानपुरले नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री जननायक वी.पी. कोईरालाको १०५ औं जन्म जयन्तीको अवसरमा आईतबार विचार गोष्ठी कार्यक्रम गरी बनाईएको छ ।
नेपाली कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको विचार गोष्ठीमा निर्वतमान सभापति रघुरमण न्यौपाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिवद्वय बुद्ध लामा र आनन्द कठायतलगायत जिल्लास्तरीय नेता, कार्यकर्ताहरु, भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमूख एवं पदाधिकारीहरुको उपस्तिथि रहेको थियो ।
विचार गोष्ठीमा वक्ताहरुले जननायक कोईरालाले देश र जनताको लागि गर्नुभएको त्याग र योगदानको चर्चा गर्नुभएको थियो ।