प्रदेश तीनमा स्कुल स्कुलमा प्रहरी कार्यक्रम संचालन गरिने

गुगलपाटी संवाददाता हेटौंडा,२४ भदौ
२४ भाद्र २०७५ १२:०९

 


प्रदेश नम्बर तीनको प्रहरी कार्यालयले स्कुल स्कुलमा प्रहरी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
यौनजन्य घटना नियन्त्रण र न्युनिकरणको लागि जनचेतनामुलक कार्यक्रम अन्र्तगत विद्यालयमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
कार्यालयले यही भदौ २५ गतेदेखि मातहतका सबै जिल्लामा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । संचालन गर्नुपर्ने आवश्यकता महसुस गरी ३ न प्रदेश प्रहरी कार्यालयको आयोजनामा प्रदेशका सम्पुर्ण मातहत जिल्लाहरुमा भदौ २५ गते देखी “स्कुल स्कुलमा प्रहरी कार्यक्रम” संचालन गर्न लागिएको ३ नं. प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए ।
कार्यालयले मातहतका १० वटै जिल्लाहरुलाई आआफ्नो ईलाकाहरुमा रहेका विधालयहरुमा स्थानीय तह लगाएत अन्य सामाजिक संघसंस्थासँगको समन्वयमा यौनजन्य अपराधका घटनाहरु नियन्त्रण र न्युनिकरणको लागि सम्पुर्ण शिक्षण संस्थाहरुमा “स्कुल स्कुलमा प्रहरी कार्यक्रम” संचालन गर्न निर्देशन समेत दिइसकेको थापाले जानकारी दिए ।
कार्यक्रमको सुरुवात ३ नं. प्रदेश प्रहरी कार्यालय हेटौडाले जिल्ला प्रहरी कार्यालय मकवानपुर महिला तथा बालबालिका सेवा केन्द्रको संयोजनमा आइतबार दिउँसो ३ बजे हेटौंडा–६ स्थितमा रहेको वंशगोपाल उमाविमा ८,९ र १० मा अध्ययनरत छात्रछात्राहरुलाई यौनजन्य अपराध र दुव्यवहारका सम्बन्धमा चेतनामुलक स्तरको कक्षा संचालन थालनी भएको हो ।