शिवम् शेयरमा ठूलो धक्का
गुगलपाटी संवाददाता हेटौंडा,२५ भदौ
मकवानपुरको हटियामा रहेको शिवम् सिमेन्टले शेयर बिक्रीको हल्ला गरेको भएपनि उसलाई ठूलो धक्का लागेको छ ।
खासगरी मकवानपुरका सर्वसाधारणलाई लक्षित गरी शेयरको आह्वान गरेपनि सर्वसाधारणले यसमा चासो नदिएपछि यसले धक्का खानु परेको हो । उद्योगको प्लान्ट र खानीका कारण हजारौं मकवानपुरबासी पीडित हुँदै आएका छन् । उद्योग स्थापनादेखि उद्योगबाट पीडित हुँदै आएका सर्वसाधारणलाई झुक्याएर शेयर बिक्री गर्न खोजेको शिवम् योजना समयमै थाहा पाएका कारण धेरै सर्वसाधारण जोगिएका छन् ।
मकवानपुरका एक दर्जनभन्दा बढी बैंक, उद्योगबाट, गाउँपालिकालगायतका स्थानबाट शेयर बिक्री गर्दापनि न्यून मात्र शेयर खरिद भएको छ । मकवानपुरका सर्वसाधारणका लागि ८ लाख ८० हजार कित्ता शेयर बिक्रीमा ल्याएको थियो । तर दुई लाखको हाराहारीमा मात्र शेयर बिक्री भएको छ । प्रभावित जिल्लाका लागि ८ सय ८० कित्ता शेयर निष्कासन गरेको शिवम्ले अब सर्वसाधारणको लागि ४४ लाख कित्ता शेयर निष्कासन गर्दै छ । तर पहिलो गासमै ढुंगा चपाएको शिवम्को शेयर मकवानपुरे जस्तै सर्वसाधरणले पनि वहिष्कार गर्ने देखिएको छ । सर्वसाधारणका लागि ४ सय रुपैयाँ शेयर तोकिएको छ ।
खानीमा जथाभावी उत्खनन गरेर बुढीचौर, सुकौरा, गढी आमभञ्ज्याङ, प्लान्टले हटिया, हर्नामाडीका सर्वसाधरणलाई दुःख दिंदै आएको छ ।