कविता लेख्दा जेल र निर्वासनमा परेका अधिकारीबारे पुस्तक प्रकाशित
गुगलपाटी संवाददाता हेटौंडा,११ चैत्रप्रगतिशिल साहित्यकार स्वर्गीय कलानाथ अधिकारीमाथि लेखिएको पुस्तक ‘कलानाथ अधिकारी व्यक्ति र कृति’ आइतबार हेटौडामा लोकार्पण गरिएको छ । साहित्यकार ह्यग्रिब आचार्यद्वारा लिखित पुस्तक बरिष्ठ साहित्यकार तुलसी थापा, प्रतिष्ठानकी संरक्षक विश्वकान्ती कलावती सुमार्गी, अध्यक्ष अरुणराज सुमार्गी र लेखक आचार्यले संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।
कवि, गायक एवं राजनीतिकर्मी अधिकारीको २० औं स्मृति दिवसको अवसरमा भएको पुस्तक लोकार्पण कार्यक्रममा वर्ष २०७३ कलानाथ अधिकारी सम्मान प्राध्यपक डा. नारायणप्रसाद खनाल र २०७४ कलानाथ अधिकारी सम्मान श्रष्ठा बाबुराम पाण्डेलाई प्रदान गरिएको थियो ।
उनीहरुलाई नगद ११ हजार १ सय ११ सहित सम्मानपत्र प्रदान गरिएको हो ।
कार्यक्रममा साहित्यकार रमेशमोहन अधिकारीले पुस्तकको समिक्षाका साथै कलानाथ अधिकारीको साहित्यीक योगदानबारे चर्चा गरेका थिए । उनले कलानाथ एक सच्चा राष्ट्रप्रेमी, नारीबादी र बहुआयामीक ब्यक्तित्व रहेको बताए ।
प्रतिष्ठानका अध्यक्ष अरुणराज सुमार्गीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका सदस्य जज अधिकारीले स्वागत मब्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष सुमार्गीले आफनो हजुरबुबाको बारेमा पुस्तक तयार गरेर पुराना कुराहरुलाई प्रकाशित गरेकोमा आचार्यालाई धन्यवाद ब्यक्त गरे ।
जातीय भेदभाव, भ्रष्टाचार र दासताको बिरुद्ध आवाजत उठाउँदा तत्कालिन सरकारले सर्बश्वहरण गरेका स्वर्गीय अधिकारी दश वर्ष निर्वासन र पटक पटक गरी १७ वर्ष जेल जीवन बिताउन बाध्य भएका थिए । बारा जिल्लामा जन्मिएका अधिकारीको ७३ वर्षको उमेरमा २०५४ सालमा निधन भएको थियो । २५ भन्दा बढि कृतिका रचनाकार अधिकारीको ११ वटा मात्र कृति प्रकाशित छन् ।