सरोकारवलाहरुले सोधे : वन बिकासका लागि आएको रकम खोई
गुगलपाटी संवाददाता हेटौंडा, भदौ २५वनका लागि आएका रकम दुरुपयोग भएको भन्दै चिन्ता जनाइएको छ । आदिवासी जनजाति समुदायका लागि लक्षित अनुदान संयन्त्र सम्बन्धी प्रदेश ३ को हेटौंडामा सोमबार आयोजित एक कार्यक्रममा बोल्ने बक्राहरुले वन संरक्षणका लागि आएको रकम सदुपयोग नभएको भन्दै चिन्ता जनाएका हुन् ।
कार्यक्रममा प्रदेश ३ का उद्योग पर्यटन बन तथा वातावरण मन्त्री अरुण नेपालले वन संरक्षण आवश्यक रहेको बताए । आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्रका अध्यक्ष डा. पासाङ्ग शेर्पाले विश्व बैंक मार्फत् नेपालले अनुदान र ऋण गरी करिब २ अर्ब ४० करोड रुपैंया प्राप्त भएको बताए । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष लोकबहादुर दुराले आदिवासी जनजातिले बन संरक्षणमा महत्वपूर्ण योगदान पु¥याई रहे पनि सरकारले कम मुल्याङ्कन गरेकोमा गुनासो गरेका छन् ।
सामुदायिक बन उपभोक्ता महासंघका उपाध्यक्ष भीमप्रकाश खड्काले विश्व बैंकले दिने रकमबाट बन उपभोक्ता समूहको हक र हित बिरुद्ध कार्यक्रम ल्याए आन्दोलन गर्ने चेतावनी दिए । महासंघकी महासचिव भारती पाठकले विश्व बैंकले बन संरक्षण गरे बापत् दिने रकम बन उपभोक्ता समूहलाई अनुदान दिनुपर्नेमा जोड दिईन् ।सामुदायिक बन उपभोक्ता महासंघका तीन नम्बर प्रदेश अध्यक्ष विनोद न्यौपानेको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो ।