स्थानीय पत्रपत्रिकाः चेपाङलाई संस्कृतिको चिन्ता, दिवा खाजाको लागि गाउँपालिकाको बजेट
गुगलपाटी संवाददाताहेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज फरक फरक विषयलाई प्रमुख समाचार बनाएर छापेका छन् ।
चेपाङलाई संस्कृतिको चिन्ता, आकाशे पानीको भरमा भाङखोरिया, दिवा खाजाको लागि गाउँपालिकाको बजेट, राहत शिक्षकद्धारा देशव्यापी शैक्षिक हड्ताल ाह्वान, हेटौंडामा ग्रासरुट फुटबल प्रशिक्षण हुनेलगायतको समाचार आजका स्थानीय पत्रिकाले प्राथमिकताका साथ छापेका छन् ।
चेपाङलाई संस्कृतिको चिन्ता
आदिवासी जनजातिमा सुचिकृत चेपाङ नेपालकको गरिब र लोपोन्मुख जाती हो । चेपाङ पनि परापूर्वकालदेखि बसोबास गर्दै आएका जनजाति हुन् तर उनीहरुको पहिचान नै संकटमा रहेको छ ।
मकवानपुरको विकट राक्सिराङ खैराङ, कालिकाटार, मनहरी, भार्ता, लोथरमा चेपाङको बाक्लो बस्ती रहेको छ । उनीहरुको पहिचान, संस्कृति, र भेषभुषा जोगाउन आफैं पनि लागिपरेका छन् । चेपाङ समुदायको सबैभन्दा महत्वपूर्ण र ठूलो धार्मिक पूजा छोनम (न्वाँगी) पर्व सामुहिक रुपमा मनाइएको छ ।
अन्य समुदायको प्रभाव र धर्म परिवर्तनले आफ्नो संस्कृति र पहिचानमा समस्या भएको भन्दै नेपाल चेपाङ संघको सक्रियतामा केहीवर्षअघिदेखि सामुहिक रुपमा छोनाम मनाउन थालिएको हो ।
भदौ २२ गते उनीहरुले धुमधाम रुपमा छोनाम मनाएर आफ्नो संस्कृतिको जगेर्ना र संरक्षणका लागि चासो देखाए । आजको हेटौंडा सन्देश दैनिकमा यो समाचार छ ।
आजको समृद्ध समाज दैनिकले दिवास खाजाको लागि गाउँपालिकाको बजेट भन्ने शीर्षकमा प्रमुख समाचार छापेको छ ।
संघीय सरकारले विद्यालयमा दिवास खाजाको बजेट रोके पनि मकवानपुरको स्थानीय तह मकवानपुरगढी गाउँपलिकाले भने विद्यालयमा दिवा खाजाको लागि बजेट विनियोजन गरेको छ । चालु आवमा गाउँपालिकाले दिवा खाजाको लागि १९ लाख रुपियाँ विनियोजन गरेको हो ।
त्यस्तै आजका साझाकुरा दैनिकमा राहत शिक्षकद्धारा देशव्यापी रुपमा हड्ताल आह्वान भएको समाचार छापेको छ । विभिन्न माग राख्दै आन्दोलनमा रहेको राहत शिक्षकहरुले देशव्यापी शैक्षिक हड्ताल आह्वान गरेको छ ।
तेस्रो चरणको आन्दोलनमा रहेका शिक्षकहरुले आन्दोलनअन्तर्गत आज मंगलबारदेखि २८ गतेसम्म देशभरका सामुदायिक विद्यालयमा हड्ताल गर्ने घोषणा गरेका छन् ।
हेर्नुहोस् हेटौंडाबाट प्रकाशित आजका पत्रिकाका पहिलो पृष्ठ