शिक्षक आन्दोलनले पढाइ प्रभावित

गुगलपाटी संवाददाता हेटौंडा
२६ भाद्र २०७५ ०९:५७

चरणबद्द रूपमा आन्दोलनरत नेपाल राहत शिक्षक केन्द्रीय समितिले मंगलबारबाट भदौ २८ सम्म गरेको सामुदायिक विद्यनलय बन्दको असर मकवानपुरका पुर्ण रुपमा परेको छ ।

बन्दको कारण मकवानपुरको सबै सामुदायिक विद्यालयहरु बनद भएका छन् । मकवानपुरमा विहान १० बजे लगभग सबै विद्यालय खुलेका भएपनि साढे ११ बजेसम्ममा सबै विद्यालय बन्द भैसकेको थिए ।

आफुहरुका जायज मागप्रती सरकार उदासीन देखिएको भन्दै समितिले बन्दको घोषणा गरेको हो । बन्दको विषयमा जानकारी दिँदै राहत शिक्षक समिति मकवानपुरका सचिव विशाल अधिकारीले मकवानपुरमा सबै सामुदायिक विद्यालय ठप्प भएको बताए ।समितिले सामुदायिक बिद्यालयमा राहत कोटामा कार्यरत सम्पूर्ण शिक्षकलाई एकमुष्ट स्थायी गर्ने गरी सङ्घीय शिक्षा ऐनमा प्रबन्ध गर्न माग गर्दै आईरहेको छ । स्थायी प्रक्रिया थालनीपूर्व शिक्षक सेवा आयोगबाट लिइने विभिन्न चरणका परीक्षामा राहत दरबन्दीमा कार्यरत शिक्षकहरुको हकमा उमेरको हदबन्दी हटाउन पनि समितिले माग गरेको छ । मुलुकभर हाल करीब ४० हजार राहत कोटाका शिक्षक कार्यरत छन भने मकवानपुरमा ९ सयको हारहारीमा रहेका छन् ।