अपाङगता भएकाहरुलाई हेर्ने दृष्टिमा परिवर्तन आएन : घलान

जयराम मोक्तान मनहरी,२६ भदौ
२६ भाद्र २०७५ १३:१४

प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्या ओम घलान (प्रदिप)ले अपाङगता भएका ब्यक्तिहरुलाई नेपाली समाजले हेर्ने दृष्टिकोणमा परिबर्तन नभएको बताएका छन् ।
नयाँ पुस्ताका युबाहरुमा केही मात्रमा अपाङता भएका ब्यक्तीहरुलाई हेर्ने दृष्टीकोण परिवर्तन आए पनि सिंगो समाजले अझै अपाङग्ता भएकारुलाई स्वीकारिसकेको अबस्था नरहेको उनले बताए । राष्टिङ अपाङग महासंघ नेपालको आर्थिक सहयोग तथा अपाङग स्वाबलम्बन जीबन पद्धती मनहरी ७ को आयोजना भएको एक दिने क्षमता बिकास कार्यक्रममा बोल्दै उनले यस्तो बताएको हो बताएका हुन् ।
कार्यक्रममा मनहरी गाउपालिका अध्यक्ष एकराज उप्रेतीले स्थानीय सरकारले अपाङता भएका हरेक क्रियाकलापमा सहयोग गर्ने बताए । कार्यक्रमको सभापति अपाङग स्वाबलम्बन जिबन पद्धती मनहरि ७ का अध्यक्ष सुरेश घलान रहकेको थियो । कार्यक्रममा बिपन्न सहकारी गढीका अध्यक्ष दिल बहादुर बोम्जन , राष्ट्रिय अपाङ महासंघ प्रदेश नम्बर ३ का उपाध्यक्ष सरिता थापा लगाएतकाको उपस्थिति रहेको कार्यक्रममको सहजिकरण राष्ट्रिय अपाङ महासंघका सदस्य जमुना तितुङले गरेकी हुन् ।