सशस्त्र कार्यालयका लागि जग्गा अवलोकन

गुगलपाटी संवाददाता हेटौंडा
२६ भाद्र २०७५ १६:०६

प्रदेश नम्बर ३ को प्रदेश स्तरीय सशस्त्र प्रहरी कार्यालयको लागि मंगलबार ३ नम्बर प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेल सहितको टोलिले स्थानको अवलोकन गरेको छ ।
प्रदेश स्तरीय कार्यालय स्थापनाका लागि करीब ३० विगाहा जग्गा आवश्यक पर्ने भएकोले टोलिले अवलोकन गरेको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ हटियामा रहेको शिवम सिमेन्टसंगै जोडिएको करीब ६० विगाहा क्षेत्रफलमा कार्यालय स्थापनाको तयारी गरिएको छ । कार्यालय स्थापनाका लागि प्रदेश स्तरको सशस्त्र प्रहरी कार्यालय स्थापनाका लागि शसस्त्र प्ररी कार्यालयलाई आवश्यक जग्गा उपलब्ध गराईने मुख्य मन्त्री पौडेलले बताउनुभयो । मुख्य मन्त्री पौडेलले बेश क्याम्पका लागि उक्त जग्गा उपयुक्त हुने भएकाले सो जग्गा प्राप्त गर्न आवश्यक प्रकृया सुरु गर्न मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्लाई निर्देशन समेत दिनुभएको छ ।

वेश क्याम्पमा शसस्त्र प्रहरीको एउटा गण तथा अन्य शसस्त्र प्रहरीहरु गरेर करीब १ हजार जना रहने बताईएको छ । सो स्थानमा प्रदेश स्तरीय वेश क्याम्प सहित तालिम केन्द्र, शसस्त्र प्रहरीको व्यक्तिगत गाडि मर्मत स्थल तथा अस्पताल समेत बनाउने योजना रहेको शसस्त्र प्रहरीका प्रहरी उपरिक्षक ईन्द्र राज कार्किले बताउनुभयो । अवलोकन टोलिमा ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ लगायतकाको सहभागिता रहेको थियो ।