स्थानीय पत्रपत्रिकाः खुला सीमाका कारण हराउनेको संख्या बढ्दो, मकवानपुरमा ९ वटा प्रहरी चौकी बन्दै

गुगलपाटी संवाददाता
२७ भाद्र २०७५ ०३:१३

हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज फरक फरक विषयलाई प्रमुख समाचार बनाएर छापेका छन् । खुला सीमाको कारण हराउनेको संख्या बढ्दो, मुख्यमन्त्रीद्धारा कारागारको अनुगमन, मकवानपुरमा ९ वटा प्रहरी चौकी बन्दै, सिमेन्ट उद्योगमा वृक्षरोपणलगायतको समाचार प्राथमिकताका साथ छापेका छन् ।

खुला सीमाका कारण हराउनेको संख्या बढ्दो
गत महिना २७ गते दिनभर धान रोपेर फर्केपश्चात साँझ करिब ५ बजे घर नजिक जंगलमा घाँस काट्न हिँडेकी शर्मिला सञ्जेल हालसम्म बेपत्ता द्धिन् ।

हराएको ४५ दिन बित्दा पनि प्रहरीले चासो नदेखाएको माइती पक्षको आरोप छ । मानिस हराएको भनी अभिभावक प्रहरीमा निवेदन दर्ता गर्दै माइती नेपालसम्म पुग्ने गरेका छन् । यसरी हराएका मान्छे कहाँ जान्छन्, कसैलाई पत्तो छैन । हराउनेहरु थपिँदै गएका छन् ।

पुरुषको तुलनामा महिला र बालबालिका बढी हराउँछन् । खुला सीमाका कारण प्रदेश ३ मा महिला तथा बालबालिका हराउने क्रम बढेको दावी गरिएको छ । आजको हेटौंडा सन्देश दैनिकमा समाचार छापिएको छ ।

आजको साझाकुरा दैनिकले जिल्लामा ९ वटा प्रहरी चौकी बन्दै भन्ने समाचार छापेको छ । ३ नम्बर प्रदेश सरकारले मकवानपुरमा सवर्ष ९ वटा प्रहरी चौकी स्थापना गर्ने लक्ष्य राखेको छ । प्रहरी चौकीको लागि प्रदेश सरकारले कुल एक अर्ब १३ करोढ खर्चिएर १० जिल्लामा ६१ वटा चौकी निर्माण गर्ने लक्ष्य राखेको छ ।

आजको समृद्ध समाज दैनिकले मुख्यमन्त्रीले भीमफेदी कारागार अनुगमन गरेको समाचार छापिएको छ । हिजो मुख्यमन्त्रीले कारागार पुगेर कारागारको अवस्थाको बारेमा जानकारी लिएका थिए ।

आजको थाहा सन्देश दैनिक पनि कारागारमा बिचौलियाको समस्या भन्ने मुख्यमन्त्रीको भनाइसम्बन्धी प्रसङ्गलाई छापेको छ । बिचौलियाको समस्या समाधान गर्न भीमफेदी कारागार प्रशासनलाई मुख्यमन्त्रीले निर्देशनसमेत दिएका छन् ।

हेर्नुहोस् हेटौंडाबाट प्रकाशित आजका पत्रिकाका पहिलो पृष्ठ