माथि सम्म पुर्याउनु पर्ने भन्दै खुलेआम बारा ट्राफिक प्रहरी पैसा असुल्छन्
देवराज पन्त, हेटौंडा भदौ २७नेपाल सरकारले क्षमता भन्दा बढी भार बहन नगरियोस् भन्नका लागि सवारी नियम निर्देशिका जारी गरेको छ । नियम निर्देशिका बमोजिम सडकमा गुड्ने सवारीलाई चेक जाँच गर्न सरकारले ट्राफिक प्रहरी चेक पोष्ट समेत राखेको छ । तर सडकमा क्षमताभन्दा बढी भार लिएर आउने सवारीसँग चेकजाँच गर्न राखिएको ट्राफिक प्रहरीले नै घुस लिएर छोडेपछि कसको के लाग्छ । यस्तै छ बाराको पथलैया र पथलैयाबाट ३ किलोमिटरको दुरीमा रहेको सिमरा ट्राफिक पोष्टहरुमा । बाराको सिमरा र पथलैया हुदै मकवानपुर आईपुगेका बढी भार लिएर आएका मालबाहक सवारीलाई रोकी पत्रकार देवराज पन्तले सवारी चालकहरुसँग यस सम्बन्धि कुराकानीगर्दा उनीहरु सबैले जरिवानाबाहेक अतिरिक्त रकम ट्राफिक प्रहरीलाई बुझाएर नै आएको बताएका छन् ।
यो हेर्नुहोस्
यस सम्बन्धि गुनासो आएपछि गुगलपाटी अनलाईका बरिष्ठ संवाददाता पन्त मालबाहक सवारीमा सहचालक (खलासी) को भेषमा गत सोमबार सिमरा र पथलैया रिपोर्टिङका लागिपुगेका थिए । रिपोर्टिङका लागि सहचालक (खलासी) को भेषमा पुग्दा ट्राफिक प्रहरीहरु सवारीहरुसँग माथि सम्मदिनुपर्ने भन्दै यसरी बार्गेनिङ गर्दै खुलेआम रकम असुलिरहेको भेटिएको छ । (ट्राफिकले घुस मागेको यो हेर्नुहोस् भिडियो )
बारा ट्राफिक प्रहरीले तेश्रो मुलुकबाट आएका बढी भार लिएर आउने कन्टेनरसँग २ हजार देखि ५ हजार सम्म र नेपालभित्रकै सामानमा ५० देखि ५ सयसम्म रकमअसुल्न रेट नै तोकेका छन् । यातायातव्यवस्थाविभागको मालबाहक सवारी साधनभार बहननियमननिर्देशिका २०७४अनुसार त्यस्ता सवारीलाई ट्राफिकले केही रकम जरिवानागर्न पाउँछ, तर छोड्न पाउँदैन, र उसले तत्काल बढी भएको सामान त्यही ओराल्ने वा सम्बन्धित यातायात कार्यालयमा थप कार्वाहीका लागि पठाउनु पर्ने नियम रहेको छ ।
देशको करीब ६० प्रतिशत मालबाहक सवारी आउने गरेको यस नाकामा बारा ट्राफिकले क्षमताभन्दा बढी भार लिएर आउने सवारीलाई ५ सय देखि २ हजार सम्म जरीवानाको रसिददिदै केही थप अतिरिक्त रकम लिएर निर्वाध जानदिईरहेको तथ्य फेला परेको छ ।(रसिदको फोटोछ ।)
यातायात व्यवस्था विभागले क्षमताभन्दा बढी भार लिएर आएमा चेकपोष्टमा तत्काल रोकी ५ सय देखि २ हजार सम्म जरिवाना गराई बढी भएको सामान अनलोड गर्न लगाई यातायात व्यवस्था विभागमा कार्वाहीका लागि पठाउन सम्बन्धित सबै निकायलाई परिपत्र समेत गरेको छ ।
(यो हेर्नुहोस् परिपत्र)
बढी भारका कारण सडक तथा पुलको आयु त कम हुन्छ नै, कार्वाहीबाट आउने दैनिक लाखौं राजश्व चुहावट भई ट्राफिक प्रहरीको माथिल्लो निकायका हाकिमसम्म पुगिरहेको खुलेआम भरिहेका छन् । तर नियमनगर्न बसेका बारा स्थित ट्राफिक प्रहरी कार्यालय नै नियमको धज्जी उडाउँदै नियम विपरितका मालबाहक सवारीबाट खुलेआम भ्रष्ट्राचार गरिरहेका छन् । यस नाकाबाट दैनिक ४ सय देखि ७ सयको संख्यामा मालबाहक सवारी आवतजावत गर्ने गरेको छ भने दैनिक करीब ९० हजार देखि १ लाख ३० हजारसम्म भ्रष्टाचारहुने गरेको सहजै अनुमान लगाउन सकिन्छ ।
यस बारेमा बुझुदा दुई नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी नायव उपरीक्षक यमनाथ अधिकारीले प्रहरीको ब्यवसायीक मर्यादा उलंघन गरेर कार्य गरेको पाईएमा त्यस्ता प्रहरीलाई प्रहरी नियमावली अनुसार कारबाही हुने बताए । अधिकारीले बढि भार बोकेर आउने सवारीसाधनलाई कारबाहीको लागि यातायात ब्यवस्था कार्यालयमा पठाउने गरिएको जिकिर गरे । ‘कोही कसैले जरिवाना बाहेकको रकम लिएको पाइएमा कारबाही हुन्छ’, तपाईको भागमा पनि त जरिबाना बाहेक लिइएको रकम आउँलानी भन्ने प्रश्नमा उनले भने, ‘कुन प्रहरीले के भन्यो थाहा छैन तर मैले त्यस्तो रकम लिएको छैन । थाहा पाएमा कारबाही हुन्छ ।’ उनले यति भनिरहँदा पनि अनियमितता भने निरन्तर जारी छ र क्षमता भन्दा बढि भार बहन गरेका सवारीसाधन निर्वाध रुपमा छोडिरहेका छन् ।