गृहमन्त्रीद्धरा व्यापारीलाई आश्वासन !

गुगलपाटी संवाददाता
१२ चैत्र २०७४ ०२:५९

चैत्र १२
हेटौडा/मकवानपुर
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्धक्क भएर लगानी गर्न व्यवसायीलाई आग्रह गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिमण्डलसँग आइतबार भएको छलफलमा गृहमन्त्री थापाले सुरक्षाको पूर्ण प्रत्याभूति दिन आफू तयार रहेको भन्दै बिनासंकोच सबैलाइलगानी गर्न व्यवसायीलाई आग्रह गरेका थिए।

गृहमन्त्री थापाले कुनै व्यक्ति वा समूहले जबर्जस्ती चन्दा मागे त्यसको तत्काल सूचना दिन पनि व्यवसायीलाई भनेका छन् ।तपाइहरुको सुचनाको आधारमा “गृह मन्त्रालयले त्यस्ता व्यक्ति माथि तत्काल कारबाही गर्छ । तपाई ढुक्कका साथ काम गर्नुहोस्” ।

आजको अन्नपुर्ण पोष्टमा खबर छ ।