हेटौंडामा नाच्दा नाच्दै मृत्यु
गुगलपाटी संवाददाता मकवानपुर,२७ भदौ२७ भाद्र २०७५ ०७:५७
हरितालिका तीजको अवसरमा दर खाएर नाच्दानाच्दै हेटौंडा ११ बस्ने वर्ष ५२ को रामहरि सिवाकोटीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, गएराति तीजको खुसीयालीमा दर खाएर नाच्दै गर्दा उनको मृत्यु भएको हो । मृतकलाई हेटौंडा अस्पतालमा ल्याइएको छ । उनको शव परिक्षण पछि मात्रै मृत्युको कारण थाहा हुने प्रहरीले बताएको छ ।