मन्त्रालयको कामका विषयमा मुख्यन्त्रीको चासो

गुगलपाटी संवाददाता हेटौंडा, २७ भदौ
२७ भाद्र २०७५ १२:१९

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रालयहरुले हालसम्म गरेका कार्यका बारेमा जानकारी लिनुभएको छ । प्रदेश सरकार गठन भएपछी मन्त्रलायगत भएका कामहरुको विषयमा समिक्षा तथा छलफल गर्नुभएको हो ।

प्रदेशका सातवटै मन्त्रालयले अहिले सम्म कानुन निर्माणको काम, प्रदेशका मन्त्रालयहरुले हालसम्म बजेट खर्च गर्ने तयारीका बिषयमा छलफल भएको हो । मुख्यमन्त्री पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका सबै मन्त्री, राष्ट्रिय नीति तथा योजना आयोग तथा मन्त्रालयका सचिबहरुको उपस्थितमा प्रदेश सरकारले गरेका काम कार्बाही, कानुन निर्माण, बजेट खर्च, योजना निर्माणका बिषयमा छलफल गरिएको हो । बैठकमा मुख्यमन्त्री पौडेलले चालु आर्थिक बर्षमा सबै मन्त्रालयमा छुट्टाएका बजेट खर्च गर्न र कानुन निर्माण गर्नका लागि तदारुकता देखाउनका लागि मन्त्री तथा सचिबहरुलाई निर्देशन दिनुभएको छ । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, भौतिक पूर्वाधार मन्त्री केशब स्थापीत, सामाजिक बिकास मन्त्री युवराज दुलाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, ३ नम्बर प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाल मन्त्रालयका सचिवहरु लगायतकाको उपस्थिती रहेको थियो ।

संविधान दिवस मनाइने

संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरु गर्ने भएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस मनाउन मुल समारोह समिति समेत गठन गरिएको छ ।

दिवसलाई व्यवस्थित बनाउन विभिन्न ६ वटा उपसमितिहरु समेत निर्माण गरिएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलको संयोकत्वमा प्रचार प्रसार उपसमिति, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको संयोजकत्वमा कवाज तथा प्रभातफेरी व्यवस्थापन समिति, सामाजिक विकास मन्त्रालयको संयोजनमा रचनात्मक क्रियाकलाप व्यबस्थापन समिति, ३ नम्बर प्रदेशका मुख्य न्यायधिवक्ता सूर्यचन्द्र न्यौपानेको संयोजकत्वमा विचार गोष्ठि उपसमिति र जिल्ला समन्वय समितिका संयोजक रघुनाथ खुलालको संयोजकत्वमा राजनितिक दल समन्वय तथा जनपरिचालन उपसमिति निर्माण गरिएको छ । कार्यक्रममा बोल्दै मुख्यमन्त्री डोरमणि पौडेलले संविधान दिवसलाई अन्तरमनबाट मनाउनुपर्ने बताउनुभएको छ । दिवस भव्यताका साथ मनाउन सम्पूर्णलाई आग्रह समेत गर्नुभएको छ । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, ३ नम्बर प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, मुख्य न्यायधिवक्ता सूर्यचन्द्र न्यौपाने, ३ नम्बर प्रदेश प्रहरी प्रमुख दिपक थापा, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुरका प्रमुख जिल्ल अधिकारी अस्मान तामाङ, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बुद्दिराज गुरुङ, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंलगायतको सहभागिता रहेको थियो ।