स्थानीय पत्रपत्रिकाः सुरु हुँदैछ दशैंको रौनक, खसीबोका संकलनदेखि सुपथ मूल्य पसलको तयारी
गुगलपाटी संवाददाताआज हेटौंडाबाट प्रकाशित पत्रपत्रिकालेहरु फरक फरक विषयलाई आफ्नो प्रमुख समाचार बनाएका छन् । आजका स्थानीय पत्रिकामा सुरु हुँदैछ दशैंको रौनक, प्रदेश सरकारद्धारा ६ वटा विधेयक स्वीकृत, राष्ट्रिय जनगणना–२०७८ मा ४९ हजार कर्मचारी खटिने, संघीयता कार्यान्वयन नै संकटमा, युनिलिभरले नगद लाभांश घटायो लगायतका समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।
सुरु हुँदैछ दशैंको रौनक
नेपालीहरुको सबैभन्दा ठुलो पर्व दशैं नजिकिएसँगै त्यसको रौनकसमेत सुरु हुन थालेको छ । दशैं आउन एक महिना बाँकी छँदा सुपथ मूल्यको पसल र खसीबोका संकलनको तयारी सुरु भइसकेको छ । व्यापारीहरुले पनि दशैंलाई लक्षित गरी सामान आयात गर्न थालिसकेका छन् ।
असोज दोस्रो हप्तादेखि हेटौंडामा पनि सुपथ मूल्यको पसल सञ्चालन गर्ने तयारी गरिएको छ । खाद्य संस्थानले चाडवाडलाई लक्षित गरी हेटौंडासहित देशभरका मुख्यमुख्य शहरमा सुपथ मूल्यको पसल राख्न लागेको हो ।
त्यसैगरी खाद्य संस्थानले हेटौंडामा खसीबोकासमेत संकलन गरी काठमाडौं लगेर बेच्ने तयारी समेत गरेको छ । केहीदिनमा खसीबोका संकलन सुरु गरिने संस्थानले जनाएको छ । आजको साझाकुरा दैनिकमा समाचार छापिएको छ ।
त्यसैगरी आजको हेटौंडा सन्देशले प्रदेशको अधिकार संकुचनप्रति असन्तुष्टी, संघीयता कार्यान्व्यन नै संकटमा भन्ने विश्लेषणात्मक समाचार छापेको छ । नयाँ संघीय संरचनाअनुसार तीनै तहको निर्वाचन भएको एकवर्ष हुन लागिसकेको छ ।
केन्द्र, प्रदेश र स्थानीय तहमा सरकारसमेत गठन भइसकेका छन् । सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याउने संघीयताको पहिलो नारा थियो । पछिल्लो समय संघीयताको मुल मर्म लागू हुन नसकेको आभाष हुन थालेको छ । प्रदेश र स्थानीय सरकारको अधिकारबारे अझै बहस जारी छ ।
आजको समृद्ध समाज दैनिकले जगणनामा ४९ हजार कर्मचारी खटिने समाचार मुख्य समाचार बनाएर छापेको छ ।
राष्ट्रिय जनगणना २०७८ मा देशभरमा करिब ४९ हजार कमैचारी खटिने बताइएको छ । बिहीबार हेटौंडामा भएको प्रदेशस्तरीय अन्तरक्रिया गोष्ठीमा तथ्याङ्क विभागका उपमहानिर्देशक नेविनलाल श्रेष्ठले यस्तो जानकारी दिएका हुन् ।
हेर्नुहोस् हेटौंडाबाट प्रकाशित आजका पत्रिकाका पहिलो पृष्ठ