गृहमन्त्रीले भने : बलात्कारी उन्कन पाउदैन
गुगलपाटी संवाददाता काठमाडौं
गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कार र महिला हिंसा नियन्त्रण गर्न सरकारले शून्य सहनशीलता अपनाउने बताएका छन् । प्रतिनिधिसभा बैठकमा निर्मला पन्तको बलात्कारपछि हत्या प्रकारणबारे जवाफ दिँदै गृहमन्त्री थापाले उच्चस्तरीय छानबिन समिति गठन गरेर हत्याबारे छिटोभन्दा छिटो सत्यतथ्य बाहिर ल्याउने बताए ।
कानुनी कारबाहीका सिलसिलामा लापरवाही भएको पाइए जोकोहीलाई पनि दण्डित गर्ने उनले प्रतिवद्वता व्यक्त गरेका छन् । गृमन्त्री थापाले भने, ‘निर्मला हत्याबारे अनुसन्धान जारी छ,घटनाको सत्यतथ्य छानबिन गरी न्याय दिलाउने कार्यमा सरकार क्रियाशील छ।ु
छानबिन समितिका एकजना सदस्यले अलग भएको घोषणा गरेपनि उनले राजीनामा नदिएको र उनको सुरक्षाको ग्यारेन्टी सरकारले गर्ने प्रतिवद्वतापश्चात समितिमा फर्किसकेको उनले जानकारी दिए । निर्मला हत्याबारे सदन मात्र नभई आम जनताको माग पनि भएकाले निर्मला हत्याबारे सरकार अत्यन्तै गम्भीर भएको गृहमन्त्री थापाले बताए।
गृहमन्त्री थापाले बर्दियाका हिरासतमा मृत्यु यातनाले नभई स्वभाविक मृत्यु भएको बताए । मन्त्री थापाले संसदमा पत्रकार राजु बस्नेत र रोल्पाको एक युवक हत्यालगायतको बारेमा जवाफ दिएका छन् । मन्त्री थापाले सांसदहरुले उठाएका सबै विषयको जवाफ दिएका हुन् ।