नेपाल मगर युवा संघको महाधिवेशन भोली हेटौंडामा हुने

गुगलपाटी संवाददाता हेटौंडा,२९ भदौ
२९ भाद्र २०७५ १३:२२

नेपाल मगर युवा संघको तेस्रो राष्ट्रिय महाधिवेशन भदौ ३० र ३१ गते हेटौंडामा हुने भएको छ । आज पत्रकार सम्मेलन गर्दै महाधिवेशनको तयारी पुरा भएको संघका अध्यक्ष अशोक सारु मगरले जनाकारी दिए ।
महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै प्रदेश संरचनामा अघि बढ्न विधान संसोधन गर्ने अध्यक्ष मगरले बताए । ‘महाधिवेशनमा ५५ जिल्लाका तीनसय ५० जना प्रतिनिधि पर्यवेक्षक सहभागि हुन्छन्’, उनले भने, ‘प्रायः हेटौंडा आइसक्नुभयो, कपतिपय आउँदै हुनुहुन्छ ।’
भोली भदौ ३० गते १२ बजे हेटौंडा ४ स्थित पशुपति मन्दिरको सभाहलमा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नविन रोक्का मगरले महाधिवेशनको उद्घाटन गर्ने अध्यक्ष मगरले जानकारी दिए । कार्यक्रममा बिभिन्न बिधाका ६ जना उत्कृष्ट मगर युवालाई सम्मान गर्ने समेत कार्यक्रम रहेको उनले बताए ।
नयाँ नेतृत्व चयन समहतिबाटै गर्न प्रयास भइरहेको पनि मगरले जानकारी दिए । पत्रकार सम्मेलनमा संघका पदाधिकारीहरु, नेपाल पत्रकार महासंघ प्रदेश ३ का महासचिव कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।