एसएसपी लोहनीलाई थुनामुक्त गर्न आदेश
गुगलपाटी संवाददाता काठमाडौंउच्च अदालत, बिराटनगरले सुनकाण्डमा मुछिएका एसएसपी दिवेश लोहनीलाई साधारण तारेखमा छोड्ने आदेश दिएको छ । लोहनी गत वैशाख १९ गते पक्राउ परेका थिए । प्रकरणको अनुसन्धान गर्न गृह मन्त्रालयका सह–सचिव र्इश्वरराज पौडेलको नेतृत्वमा गठित समितले उनलाई बयानका लागि बोलाएको थियो ।
लोहानीसहित पूर्व डीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी र सञ्जय राउत, सई बालकृष्ण सन्जेल, जवान विष्णुबहादुर खड्कासहित ६३ जनालार्इ प्रतिवादी बनाएर जिल्ला अदालत, मोरङमा मुद्दा दर्ता भएको थियो।उनी तत्कालिन महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख थिए ।