गणेश चौथीको नाउँमा मौरीपालन ब्यवसायमा क्षति
गुगलपाटी संवाददाता हेटौंडा,२९ भदौगणेश चौथीको बाहानामा मकवानपुरको मनहरी गाउँपालिका ७ रमन्टारमा व्यवसायिक मौरीपालनमा क्षति पु¥याइएको छ ।
शुक्रबार परेको तीज पर्वको गणेश चतुर्थीका दिन गएराति जीएसआर मौरीपालन उद्योगमा १२ वटा मौरीघार फुटाइएको स्थानीयहरुले बताएका छन् । उक्त उद्योगका सञ्चालक गुणराज लामाका अनुसार ३० वटा मौरीघार मौरीसहित राखिएकामा १२ वटामा क्षति पु¥याइएको छ ।
उनका अनुसार १२ वटा मौरीघार फुटाइँदा १ लाखको क्षति भएको छ । अज्ञात व्यक्तिले गरेको मौरीघार आक्रमणमा संलग्नको कारबाहीको माग गर्दै उनले प्रहरीमा जाने तयारी गरिरहेको बताए ।