निर्वाचनमा वाइसिएलको ‘एक बुथ १००

गुगलपाटी संवाददाता
१२ कार्तिक २०७४ ०७:४६

माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लीग (वाइसिएल) नेपालले शनिबार छ हजार ७४३ वडामा वडा सम्मेलन सम्पन्न गरेको छ।

सम्मेलनलाई चुनावी अभियानका रुपमा अगाडि बढाउने लक्ष्यका साथ सम्पन्न गरिएको संगठनका अध्यक्ष रामप्रसाद सापकोटाले बताए। आसन्न प्रतिनिधिसभा र प्रदेशसभालाई मध्यनजर गर्दै देशभरका वडा सम्मेलन सम्पन्न गरिएको सापकोटाले बताए।

निर्वाचनका लागि शान्तिपूर्ण एवं भयरहित वातावरण बनाउन वाइसिएलले ‘एक बुथ १०० युथ’ को नारा अगाडि सारेको छ।

वाइसिएल नेपालका प्रचार विभाग प्रमुख पुष्प ओलीका अनुसार छठ पर्वका कारण तराईका केही वडावाहेक देशका सवै वडामा सम्मेलन सम्पन्न भएको छ।

सम्मेलनबाट निर्वाचित पदाधिकारीलाई शनिबारदेखि नै मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनलाई विजयी गराउने लक्ष्यका साथ चुनावी अभियानमा सहभागी हुन निर्देशन दिइएको बताइएको छ।।

वाम गठबन्धनका एमाले र माओवादी पार्टी सम्वद्ध युवा संघ र वाइसिएलको शुक्रबारको संयुक्त बैठकले निर्वाचन सफल बनाउन युवा परिचालन गर्ने निर्णय गरेको थियो।