बलात्कार र हत्याको विरोधमा उर्लिए हेटौंडेली (भिडियोसहित)

गुगलपाटी संवाददाता हेटौंडा, ३० भदौ
३० भाद्र २०७५ ०८:४१

देशभर बढ्दै गएको बलात्कार र हत्याको घटनाका दोषीलाई कारबाही र बलात्कार न्युनीकरणमा सरकारलाई दबाब दिनको लागि हेटौंडामा शनिबार ¥याली निकालिएको छ ।

सामाजिक सञ्जालमार्फत एकवद्ध बुद्धचोकमा जम्मा भएका साहित्यकार, वुद्धिजीवी, पत्रकारलगायतकाको सहभागितामा ¥याली निकालिएको हो ।

बलात्कारपछि हत्या गरिएकी कन्चनपुर भिमदत्त नरगपालिकाकी निर्मला पन्तको न्यायको लागि ¥यालीमा सहभागीले जोड दिएका थिए । उनीहरुले निर्मलाको अपराधीलाई कारबाही, निर्मलाको लागि न्यायलगायतको प्लेकार्ड बोकेका थिए ।

बुद्धचोकबाट सुरु भएको ¥याली राप्तिरोड, बसपार्क, टिसिएनरोड हुँदै सिमाचोकबाट पुन बुद्धचौकमा पुगेर समापन भएको थियो । निर्मला हत्याकाण्डलाई सरकारले हालसम्म गहन अनुसन्धान नगरेको, प्रहरीले नक्कली अपराधी खडा गर्ने काम गरेको, हत्याराको पहिचानको लागि पहल नगरिएको लगाएतको विषयले निर्मलाको हत्यामा शंका उत्पन्न भएको भन्दै सरकारलाई दवाव दिन शान्तिपूर्ण कार्यक्रम गरिएको अभियानका अभियन्ता तथा जागरण मञ्च मकवानपुरका अध्यक्ष कृष्णराज कोइरालाले जानकारी दिए ।

भिडियोको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

भिडियोः केशव समर्पण/गुगलपाटी

बलात्कार र हत्याकाे बिराेधमा हेटाैंडाका युवा जागे । स्वतस्फुर्त निस्कियाे र्याली ।

Posted by Google Pati on Saturday, September 15, 2018