७ नम्बर खानेपानी समिति बोर्डमा हस्तान्तरण

गुगलपाटी संवाददाता हेटौंडा,३० भदौ
३० भाद्र २०७५ १३:५७

 

हेटौंडा ७ नाग्स्वोतीमा रहेको ७ नम्बर खानेपानी उपभोक्ता समितिले समितिको मातहतमा रहेको सम्पत्ति र दायित्व हेटौंडा खानेपानी बोर्डलाई हस्ताण्तरण गरेको छ ।

७ नम्बर वडा कार्यालयमा शनीबार समितिले एक कार्यक्रमको आयोजना गरी सम्पत्ति र दायित्व हस्तान्तरण गरेको हो । समितिले हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलाई समितिको कागजपत्र हस्ताण्तरण गरेको थियो । भने मेयर महतले समितिको दायित्व र सम्पत्ति खानेपानी बोर्डका अध्यक्ष प्रताप विष्टलाई हस्तानतरण गर्नुभयो । समितिको सम्पत्ति बोर्डलाई बुझाउँदै मेयर महतले नगरपालिकाको नीति अनुसार सबै खानेपानी समितिहरु बोर्डमा हस्ताण्तरण गरी एकद्धार प्रणाली मार्फत नगरभित्रका हरेक वडामा सहज र सुलभ खानेपानीको सेवा पु¥याउने बताउनुभयो । २०५१ सालमा स्थापना गरेको ७ नम्बर खानेपानी उपभोक्ता समितिमा हाल ८सय घरधुरी आबद्ध रहेको समितिका अध्यक्ष कुलप्रसाद त्रिपाठीले बताउनुभयो । दुईदशक अघि स्थापना भएपनि समितिले विभिन्न समस्याहरु झेल्दै आईरहृको थियो । र वडाभरी आफ्नो सेवा बिस्तार गर्न सकेको थिएन । समितिको सम्पूर्ण सम्पत्ति बोर्डलाई हस्ताण्तरण गर्दै ७ नम्बर वडाबासी सम्पूर्णलाई शुद्ध खानेपानी वितरण गर्न आग्रह गर्नुभयो । समितिको सम्पत्ति र दायित्व ग्रहण गर्दै बोर्डका अध्यक्ष प्रताप विष्टले हेटौंडा उपमहानगरपालिकाको नीतिमा नगरका सम्पूर्ण वडाहरुमा खानेपानी उपलब्ध गराउने लक्ष्य अनुसार बोर्डले समितिको सम्पत्ति ग्रहण गरेको बताउनुभयो । साथै करीब ३हजार भन्दाबढि घरधुरी रहेको ७ नम्बर वडाबासीको घर–घरमा छिटै धारा बिस्तार गर्ने अध्यक्ष बिष्टले बताउनुभयो । बोर्डमा ७ नम्बर खानेपानी समितिको सम्पत्ति आएसंगै करीब १६हजार भन्दा बढि धारामार्फत दैनिक एककरोड २५ लाख लिटर पानी वितरण गरेको छ । समितिका अध्यक्ष त्रिपाठीको अध्यक्षतामान भएको कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य देवराज रिमाल, ७ नम्बर वडा अध्यक्ष राजन थापा, खानेपानी बोर्डका कार्यकारी निर्देशक सुदर्शन ढकाल, सदस्य कृष्ण कटुवाल, ईन्द्र नेपाल, नेपाली काँग्रेस जिल्ला उपसभापति बिष्णु लामिछाने, वडा सभापति दामोदर गौतम लगाएतको सहभागीता थियो ।