असोज ५ गतेदेखि दसैंका लागि अग्रिम बुकिङ
गुगलपाटी संवाददाता काठमाडौंसरकार र यातायात व्यवसायीबीच दसैंका लागि अग्रिम बुकिङ खुला गर्ने सहमति भएको छ। आइतबार सरकार र व्यवसायीबीच असोज ५ गतेदेखि अग्रिम बुकिङ खुला गर्ने सहमति भएको हो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिब सरोज सिटौलाका अनुसार यातायात व्यवस्था विभागसँग अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा सहमति भएको हो।
विभागसँगको सहमति अनुसार राजधानीबाट बाहिर जाने देशभरका यातायातका लागि असोज ५ गतेबाट टिकट बुकिङ गर्न पाइने छ।