मनहरीमा कानुनका बिषयमा छलफल र भेला सम्पन्न
जयराम मोक्तान महनरी,१ असोजमनहरी गाउँपालिकाका कर्मचारी जनप्रतिनिधि हरुलाई मुलुकि ऐन बारे सचेतना दिएको छ । गाउँपालिकाको आयोजनमा भएको सचेतना कार्यक्रममा गत भदौ देखी लागु भएको मुलुकी ऐन सम्बन्धि सचेतना दिएइको थियो । नयाँ मुलुकी ऐन लागुभएयता गाउँपालिकाका कर्मचारि तथा जनप्रतिनिधीहरु नयाँ मुलुकी ऐन सम्बन्धि अलमलमा थिए । कर्मचारि तथा जनप्रतिनिधीहरुनै ऐनमा प्रस्ट नभएका कारण सेवाग्राहीलाई प्रदान गर्दै आएको सेवाहरु प्रभाबित हुदै आएका थिए । पछिल्लो समयमा बिभीन्न किसीमका ऐनहरुमा परिमार्जन हुदै कार्यन्वयनका क्रममा रहेकाले सेवा प्रदायकहरुमा पनि अन्यौता छाउदै आइरहेका थिए । कार्यक्रममा सहभागीहरुलाई अधिबक्त मदन कुमार दाहाल र मुकुन्द अधिकारिले सहजीकरण गरेका थिए । कार्यक्रम गाउपालिका अध्यक्ष एकराज उप्रेतीको सभाध्यतामा भएके थियो ।
यसैबीच मनहरि गाउँपालिका वडा नम्बर ५ मा जन भेला भएको छ । मनहरि ९ रजैया र वडा नम्बर ५ दर्दरा नजिक रहेको खोलमा पक्कीपुल निर्माण सम्बन्धि जनभेला भएको हो । पक्कीपुल नभएका कारण त्यहाका स्थानिहरुले बिभीन्न समस्यहरु झेल्दै आईरहेका छन । वडा नम्बर ५ दर्दरा डिल्लीपुर बसन्तपुरका स्थानियहरुको सक्रीयतामा आज गाउँपालिका अध्यक्ष एकराजउप्रेतीको अध्यक्षतामा भेलमा बसेको थियो । ३ सय मिटरको बन्ने उक्त पक्कीपुल निर्माणका २५ करोड खर्च लाग्ने अनुमान वडा नम्बर ५ का अध्यक्ष शुभराज थिङले जनकारी दिए । उक्त स्थानमा पुल निर्माणका लागी गाउँपालिका आफैले सम्बन्धित ठाउँमा पुगी घचघच्याउने समेत जनाए । आजैको भेलामो उक्त पुल निर्माणमा सहयोग गर्ने जनप्रतिनीहरुलाई सहयोगका लागी राम प्रसाद कालाखेतीको अध्यक्षतामा ११ सदस्यीय सहयोगी समिती समेत निर्माण गरिएको छ । सचिबमा दिपेन्द्र अधिकारी , कोषाध्यक्षमा रामचन्द्र बर्तौला रहेको छ ।