सुनकाण्ड : मकवानपुरका तत्कालिन प्रहरी प्रमुख पनि चोखिए

गुगलपाटी संवाददाता हेटौंडा,२ असोज
२ आश्विन २०७५ १२:३१

 

३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका मकवानपुरका तत्कालिन प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाललाई छाड्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, मोरङले मंगलबार उनलाई साधारण तारेखमा छोड्न आदेश दिएको हो ।साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्याबारे अनुसन्धान गर्न गठित उच्च स्तरीय समितिले गरेको अनुसन्धानका क्रममा सुन तस्करीको विवरणसहितको रजिष्टर बरामद गरेको थियो, जहाँ ४२१ पटक विभिन्न परिणाममा सुन तस्करी भएको खुलेको थियो ।

मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’को नेतृत्वमा साढे ४ वर्षमा झण्डै ३८ क्वीन्टल सुन तस्करी भएको निष्कर्ष समेत निकालिएको थियो । त्यसक्रममा रजिष्टरको एउटा पन्नामा एसपी खनालले दुई पटक गरेर ५० लाख रुपैयाँ लिएको भेटिएको थियो ।उनी मकवानपुरको प्रहरी प्रमुख रहेकै अवस्थामा निलम्बनमा परेका थिए ।