हेटौंडामा बिजुलीको पोल सडक मै, मन्त्री नै ओहोर दोहोर गर्छन्, तर देख्दैनन्
देवराज पन्त हेटौंडा,२ असोजमकवानपुरमा सडक विस्तार र कालो पत्रे गर्दा सडक छेउमा तथा सडकमै भएको अन्य संरचना नहटाईकनै सडक कालोपत्रे गरेको पाईएको छ । सडकको विच भागमै विद्युतको पोल तथा टेलिफोनका पोल नहटाउदा दुर्घटनाको जोखिम समेत बढेको छ । सडकको निर्माण गरेको मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको विभिन्न वडाहरुमा सडक निर्माण गर्ने क्रममा सो चरम लापरबाही गरेको पाइएको हो ।
हेटौंडा उपमहानगरपालिकाले आफ्ना वडाहरुमा सडक निर्माण पूर्वाधार विकास शीर्षकमा आएको बजेटबाट असारको अन्त्यमा नै हतारमा कालोपत्रे सडक तथा कंक्रिट ढलान गरेको थियो । तर सो स्थानमा सडक निर्माण सम्पन्न गर्नु अघि गरिने बिजुली तथा टेलिफोनको पोल, तारहरुको उचित व्यवस्थापन नगरी सडकमा पोलहरु जस्ताको तस्तै राखेर सडक निर्माण गरेको थियो जुन पोलहरु आज सम्म पनि सडक कै बीचमा रहिरहेको छ । सडक निर्मांणको क्रममा कन्क्रिट ढलान तथा कालोपत्रे गरेका सडकमा ५ दर्जन विद्युत तथा टेलिफोनका पोलहरु सडक विचैमा राखिएको छ । जसले दुर्घटनाको जोखिम बढेको छ । यसप्रति नगरपालिकाले ध्यान नदिएको स्थानीयको गुनासो छ । बाईटछ
नियमानुसार सडक निर्माण पूर्व नै यस्ता संरचना हटाउनु पर्ने हुन्छ । हेटौंडा उपमहानगरपालिकाले गत आर्थिक बर्षमा पूर्वाधार विकास शीर्षक अन्तर्गत सडक निर्माणमा २० करोड ५२ लाख रुपैयाँ खर्च गरेको पाईएको छ तर सडक निर्माणको क्रममा उपमहानगरपालिकाले निगरानी तथा निरक्षण नगर्दा पोलहरु सडकमै रहिरहेका छन् । प्रदेश राजधानी समेत रहेको हेटौंडामा दैनिक प्रदेश मन्त्रीहरु ओहोर दोहोर समेत गर्छन् । तर यस प्रति कुनै ध्यान दिदैंनन् । यसप्रति सम्बन्धित निकायको ध्यान जानु जरुरी छ