संबिधानकै श्राद्ध !
गुगलपाटी संवाददाता हेटौंडा,३ असोजसंबिधन दिवसको अवसरमा देशभर बिभिन्न कार्यक्रम भइरहदा मकवानपुरको हेटौंडामा भने एक युवकले संबिधानकै श्राद्ध गरेका छन् ।
हेटौंडाको सानोपोखरामा बसोवास गर्दै आइरहेका राकेश कुमार शर्माले संबिधानको बिरोधमा बुधबार पंचायन पूजा गरेका हुन् । संबिधानले सबै नेपालीहरुको चाहना संबोधन नगरेका कारण आफूले श्राद्ध गरेको उनको तर्क छ ।
राजनीतिक दलहरु सत्ता संचालनमा असफल भएको भन्दै उनले मुलुकमा सैनिक शासन आवश्यक रहेको पनि बताएका छन् । सैनिक शासन आवश्यक भएको भन्दै आफूले त्यसको पनि माग गरेको उनी बताउछन् ।