प्रदेश राजधानीमा यसरी मनाइयो संविधान दिवस (फोटो फिचर)
गुगलपाटी संवाददातानेपालको संविधान जारी भएको तीन वर्ष पूरा भएको छ । चौथो वर्षमा प्रवेश गरेको अवसरमा आज संविधान दिवस मनाइँदैछ ।
दिवसको अवसरमा प्रदेश नम्बर ३ को राजधानी हेटौंडामा पनि विभिन्न कार्यक्रम भइरहेका छन् । ३ नम्बर प्रदेश सरकारको नेतृत्वमा आज बिहान विभिन्न झाँकीसहितको ¥याली निकालिएको छ । भुटनदेवी चौरबाट निकालिएको ¥याली मकवानपुर बहुमुखी क्याम्पसमा पुगेर सभामा परिणत भएको थियो ।
क्याम्पस चौरमा भएको समारोहमा नेवारी र मगरको लोक संस्कृति झल्कने सांस्कृतिक प्रस्तुती गरिएको थियो । त्यसैगरी खैजेडी भजन पनि प्रस्तुत गरिएको थियो । जनयुद्ध र जनआन्दोलनका शहिद परिवारलाई पनि सम्मान गरिएको थियो ।
मुख्यमन्त्री डोरमणि पौडेल र आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले शुभकामना व्यक्त गरेका थिए ।
तस्बीरः केशब समर्पण/गुगलपाटी