माधवराज सुमार्गी ट्रष्टद्वारा शिक्षा संचालनका लागि सहयोग
गुगलपाटी संवाददाता हेटौंडा,५ असोजमाधवराज सुमार्गी ट्रष्टले प्राविधिक शिक्षा सञ्चालनको लागी रकम सहयोग गरेको छ । ट्रष्टका उपाध्यक्ष तथा उधोगपति अरुणराज सुमार्गीले आज महेन्द्र माध्यामीक विधालय भीमफेदीको लागी ५१ हजार ५ सय ५५ रुपैया सहयोग स्वरुप हष्तान्ततरण गर्नु भएको हो ।
हिरक महोत्सव तथा भुपु विधार्थी पुनर्मिलनको अवसरमा प्राविधिक शिक्षा सञ्चालनको लागी सहयोगार्थ आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा पुगी उहाले सो रकम हष्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा बोल्नुहुदै सुमार्गीले आफु भिमफेदीकोे विकास कार्यको लागी सहयोग गर्न सधै तयार रहेको बताउनु भयो ।
उहाले यस विधालयमा आफ्ना बुवा माधवराज सुमार्र्गीले पनि अध्ययन गरेको हुदा विधालयलाई सहयोग गर्न अझ प्रेरित भएकोे बताउनु भयो । सुमार्गीले शिक्षा नै विकासको आधार भएकाले शैक्षिक विकासको लागी आफुले सहयोग गरेको बताउनु भयो । कार्यक्रममा सुमार्गीकी धर्मपत्नि अंकिता सुमार्गी , भिमफेदी गाउपालिकाकी उपाध्यक्ष पार्वती रानाको उपस्थिति रहेको थियो । असोज १ गतेदेखी शुरु भएको महायज्ञ ८ गते समापन हुनेछ ।