नेकपाको जिम्मेवारी बाँडफाँड,प्रदेश तीनको कमाण्ड शाक्यले सम्हाल्ने

गुगलपाटी संवाददाता हेटौंडा,५ असोज
५ आश्विन २०७५ ०९:३८

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सात पदेशका इन्चार्ज र अध्यक्ष तोकेको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज, प्रदेश कमिटीका अध्यक्ष र सचिवको जिम्मेवारी बाँडफाँड गरेको हो।

जस अनुसार प्रदेश तीनको इन्चार्ज अष्टलक्ष्मी शाक्य रहेकी छन् भने अध्यक्षमा हितबहादुर तामाङ रहेका छन् यसरी नै सहइन्चार्जमा नारायण दाहाल र
सचिवमा आनन्द पोख्रेल रहेका छन्।
अन्य प्रदेशको निम्न अनुसार रहेको छ ।
देश १

इन्चार्ज : भीम आचार्य
अध्यक्ष :  देवराज घिमिरे
सहइन्चार्ज  : साबित्रीकुमार काफ्ले
सचिव  : सुरेशबहादुर राई

प्रदेश २

इन्चार्ज  : सत्यनारायण मण्डल
अध्यक्ष : प्रभू साह
सहइन्चार्ज : विश्वनाथ साह
सचिव:  सुमन प्याकुरेल

गण्डकी प्रदेश
इन्चार्ज : पृथ्वी सुब्बा गुरुङ
अध्यक्ष : हितराज पाण्डे
सहइन्चार्ज : खगराज अधिकारी
सचिवः गोविन्द नेपाली

प्रदेश ५

इन्चार्ज : शंकर पोख्रेल
अध्यक्ष :ओनसरी घर्ती
सहइन्चार्ज :दलबहादुर राना
सचिव :जगप्रसाद शर्मा

कर्णाली प्रदेश

इन्चार्ज : जनार्दन शर्मा
अध्यक्ष : गोरखबहादुर बोगटी
सहइन्चार्ज : यमलाल कंडेल
सचिव :  मयाप्रसाद शर्मा

प्रदेश ७

इन्चार्ज : भीम रावल
अध्यक्ष : कर्ण थापा
सहइन्चार्ज : लक्ष्मणदत्त जोशी
सचिव : सिंहराज चौधरी (नेपबहादुर)