नकआउट फुटबल शुरु

जयराम मोक्तान मनहरी,५ असोज
५ आश्विन २०७५ १५:१४

मनहरी गाउँपालिका वडा नम्बर ७ रमौलीमा रहेको प्रस्बाबित मदन भण्डारी क्षेत्रीय रंगशालामा आजबाट गाउँपालिका स्तरिया नकआउट फुटबल प्रतियाीता सुरु भएको छ ।

बडा दशैको अबसरमा मनहरि ७ रमौलीमा रहेको चुरियामाई युवा क्लबको आयोजनामा प्रतियोगीता सञ्चालन भएको हो । खेलको आज मनहरि गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले उद्घाटन गरे । खेलको उद्घाटन गर्दै अध्यक्ष उप्रेतीले स्थानिय स्तरका क्लबले क्षेत्रिया रंगशालको प्रचार प्रचार तथा बिकासमा सहयोग गरेकोमा आयोवक क्लबलाई धन्यबाद ज्ञापन गरे । गाउँपालिकाको कार्ययोजनामै उक्त रंगशाल निर्माण गरि अन्तरायट्रीय स्तरको खेल खेलाउने योजना रहेको भनदै स्थानिय टिमले उक्त कार्यको थालनी गरेकोमा आयोजनको प्रशंसा गरे । यस्ताखालको प्रतियोगीताले भबिष्यमा राष्ट्रीय खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए ।
स्थानिय स्तरको प्रतियोगीता सञ्चालन र खेलाडी उत्पादन हुने खालका प्रतियोगीतालाई गाउँपालिका सधै सहयोग गर्ने अध्यक्ष उप्रेतीले बताए । मनहरि गाउँपािलका अध्यक्ष एकराज उप्रेतीको प्रमुख आथिथ्यमा सम्पन्न कार्यक्रम क्लबका अध्यक्ष श्रीकृष्ण राउतको अध्यक्षता रहेको थियो । कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष ठातुङ पर्सा राष्टङीय निकुञ्ज मध्यर्ति ब्यबस्थापन समिती मनहरिका अध्यक्ष पदम बहादुर तितुङ , साना किसान सहकारि सस्था मनहरि ७ का अध्यक्ष बिमला कार्की समाजसेबी इन्द्र ब्लोन लगाएतकाको उपस्थीतीरहेको थियो । प्रतियोगीतामा प्रथम हुने टिमले नगद ४०हजार ४ सय ४१ रुपयिा तथा दोस्रो हुनेले २० हजार २ सय २१ रुयिया नगद , प्रमाण पत्र तथा मेडलको ब्यबस्था गरिएको छ । प्रतियोगीतामा २६ टि सहभागीरहेको क्लबका अध्यक्ष श्रीकृष्ण राउतले जानकारी दिए । खेलमा प्रथम हुने लाई ३ नम्बर प्रदेशका प्रदेश सभा सदस्य इन्द्र बानियाले प्रथम पुरुषकारको ब्यबस्था गरेको छ भने मनहरि ७ बिजौना निबासी यातायात ब्यबसायि तथा समाजसेबी इन्द्र ब्लोनले दोस्रो पुरुषकारको ब्यबस्था गरिको छ । त्यसै गरि आज भएको उद्घाटन खेलमा सुँदर चाम्स युबा क्लब मनहरि ५ डिल्लीवुर र आयोजक टिम ए बिच भएको छ ,।आयोजक टिम बाट १ गोल गरेता पनि सुन्दर शान्त युवा  क्लबका खेलाडीहरुले बिबाद गरे पछि आजको पहिलो खेल बिना नतिजा स्थगीत गरेको छ ।