स्थानीय पत्रपत्रिकाः हेटौंडा–कुलेखानी दुई लेन बनाइने
गुगलपाटी संवाददाताआज हेटौंडाबाट प्रकिाशत हुने दैनिक पत्रिकाले फरक फरक विषयलाई प्राथमिकताका साथ छापेका छन् ।
आजको हेटौंडा सन्देश दैनिकले हेटौंडा–कुलेखानी सडक अब दुई लेनको बनाइने ३ नम्बर प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको भनाइसम्बन्धी प्रसङ्गलाई छापेको छ ।
दक्षिणकाली नगरपालिकामा शुक्रबार भएको एक कार्यक्रममा बोल्दै मन्त्री लामाले प्रदेश सरकारले सो सडकलाई दुई लेनको बनाउने गरी कार्ययोजना ल्याइसकेको बताए ।
त्यस्तै आजको साझाकुरा दैनिकले चार दिनसम्म सवारी चलाकले सवारी ठप्प बनाउदा हेटौंडा औद्योगिक क्षेत्रका करिब एक सय २५ वटा भन्दा बढी उद्योगले कच्चा पदार्थको अभाव झेल्नुपरेको खबर छापेको छ ।
सरकारसँगको सहमतिपछि चार दिनपछि सवारी सञ्चालनमा आउ पनि भारत वा तेस्रो मुलुकबाट कच्चा पदार्थ आउन अझै दुई दिन लाग्ने भएकाले उद्योगहरु प्रभावित भएका छन् ।
त्यस्तै आजको प्रदेश दैनिकले ३ नम्बर प्रदेश सरकारले खेलाडीको वर्गीकरण गरी सुविधा दिने प्रस्ताव गरेको समाचार पहिलो पृष्ठमा छापेको छ ।
प्रदेशमा खेलकुद विकास गर्ने सम्बन्धमा बनेको विधेयक प्रदेशसभामा पेश गर्दै सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेशमा रहेका खेलाडीहरुलाई वर्गीकरणको आधारमा सुविधा दिने प्रस्ताव गरेका हुन् । प्रदेश खेलकुद विकास परिषद् बनाइने र परिषद्को सदस्य सचिवको योग्यता न्युनतम स्नातक हुने भन्ने प्रस्ताव पनि गरिएको छ ।
आजको समृद्ध समाज दैनिकले कानून निर्माणमा आफ्नो प्राथमिकता रहेको मुख्यमन्त्री डोरमणि पौडेलको भनाइलाई छापेको छ । नेपाल चेम्बर अफ कमर्स प्रदेश कमिटीसँगको छलफलमा मुख्यमन्त्रीले प्रदेश सरकार विकासको बाटो खोल्ने क्रममा रहेको बताए ।
हेर्नुहोस् हेटौंडाबाट प्रकाशित आजका पत्रिकाका पहिलो पृष्ठ