पाथीभरा सहकारी नाफा कमाउन सफल
गुगलपाटी संवाददाता मकवानपुर,६ असोजमकवानपुर थाहानगरपालिका वडा नं. २ फाँटबजारमा रहेको पाथीभरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७४/०७५ मा १९ लाख ७२ हजार ८९७ रुपियाँ खुदनाफा गरेको छ । थाहानगरको मत्स्यनाराण माविमा ६ असोजमाभएको सहकारीको साधारण सभामा प्रस्तुत प्रतिवेदन मार्फत सो जानकारी गराएको हो । यस अघि जिल्ला स्तरमा समेत पुरस्कृत भइसकेको पाथीभरा थाहानगरको अब्बल सहकारीको रुपमा स्थापित छ ।
साधारणसभामा थाहानगरपालिकाका उपप्रमुख खड्ग गोपालीले नगरमा स्थापना भएका सहकारीहरु थाहाको सम्वृद्धिको बलियो आधार भएको बताए । सभाका प्रमुख अतिथि समेत रहेका गोपालीले थाहानगरबासीलाई सम्वृद्धिको बाटो देखाउन सहकारी संस्था सक्षम भएको बताउँदै पाथीभराले नगरको आर्थिक सम्वृद्धिका लागि भरलाग्दो इट्टाथप्ने काम गरेको बताए । थाहानगरले सहकारी ऐन निर्माण गरी कार्यान्वयन गरिरहेको सन्दर्भमा सहकारी र तिनका सदस्यहरुको हितका लागिनगरपालिका सँधै सहकार्य गर्न तयार रहेको उपप्रमुख गोपालीले बताए । ठूला बैंक सम्म पहुँचनहुनेका लागि सहकारी सँधैको सारथि हुने थाहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष गुप्तबहादुर कार्कीले बताए । उनले साना व्यवशायीलाई बचत गर्ने बानीको विकास गराई उद्यमी बनाउनकालागि सहकारीको योगदानहुने बताउँदै त्यो काम पाथीभरा सहकारीले गरेकोमा खुशीव्यक्त गरे । साधारणसभाको अवसरमा पाथीभरा बचत तथा ऋण सहकारी संस्थाले आर्थिक सम्वृद्धिका लागि गरेको योगदानको चर्चा गर्दै प्रगतिको शुभकामना व्यक्त गरे ।
नेपाल विद्युतप्राधिकरण पालुङ वितरण केन्द्रका राजु पोखरेलले सहकारीले विद्युतप्राधिकरणलाई सघाउँदै सहकारीबाटै विद्युतमहशुलतिर्ने नीतिलिएको प्रतिखुशीव्यक्त गरे पालुङ बहुउद्देश्यीय सकारी संस्थाका अध्यक्ष विमलकुमार ढकालले देश विकासमा सहकारीहरुको योगदान रहेकोले एक अर्को सहकारीबीच सहकार्य गरेर अघि बढ्नुपर्ने बताए ।
मत्स्यनारायण माविका प्रधानाध्यापक विष्णुहरि ढकालले पाथीभरा बचत तथा ऋण सहकारी संस्थाले शैक्षिकविकासमा पु¥याएको योगदानको चर्चा गरे ।सहकारीको प्रवद्र्धनकालागि संचारमाध्यमले सक्दो सघाउने विकास खबरपत्रिका साप्ताहिकका सम्पादक कुमार नेगीले बताए । त्रिपन्नलाख २३ हजार आठसय शेयर पुँजी रहेको पाथीभरा सहकारीले आर्थिक वर्ष २०७४÷०७५ मामात्रै १९ लाख ६६ हजार छसय रुपियाँ वृद्धि गरी ७२ लाख ९० हजार ४ सय पु¥याएको अध्यक्षअर्जुन बहादुर कार्कीले सभामा पेश गरेको प्रतिवेदनमाउल्लेख छ । त्यसैगरी संस्थाको कोष हिसाब७० लाख २४ हजार ६०६ रुपियाँपुगेको छ । पाथीभराले आर्थिक वर्ष ०७४/०७५ मा आठ करोड ४१ हजार ८०५ रुपियाँकारोबार गरेको छ । संस्थामा एक हजार ५४८ शेयर सदस्य छन् ।
संस्थाकाअध्यक्षअर्जुन बहादुर कार्कीको सभाध्यक्षतामाभएको साधारणसभामा अध्यक्षकार्की, सचिव रामकुमार कार्की र कोषाध्यक्ष देवकृष्ण श्रेष्ठको प्रतिवेदनपारित भएको छ । सभामाअतिथितथा शेयर सदस्यहरुलाई संस्थाका सचिव रामकुमार कार्कीले स्वागत गरेकाथिए ।
पाथीभरा बचत तथा ऋण सहकारी संस्थाले महिलाउत्थान, ज्येष्ठ सदस्य सम्मान, हितकोष कार्यक्रम, शैक्षिक क्षेत्रमालगानी, सामुदायिक खेती प्रणालीको व्यवस्था, सीपविकास तालीमलगायतका शेयर सदस्य केन्द्रितकार्यक्रमहरु संचालनगर्दै आएको व्यवस्थापक राजारामकार्कीले जानकारी दिए । सहकारीले स्थापना गरेको विभिन्नकोषहरु मार्फत अरु थपकार्यक्रमहरु समेत संचालनगर्ने नीतिलिएको १२ औं साधारण सभामापारित प्रतिवेदनमाउल्लेख छ ।
साधारणसभामा हरियाली कृषि सहकारी संस्थाकाअध्यक्षमाधवकार्की, महालक्ष्मीविकास बैंक पालुङकीप्रबन्धक संगिताश्रेष्ठ, थाहानगर कार्यपालिका सदस्यजानुका ढकाल, थाहा–२ का वडा सदस्य बम बहादुर सिन्तान, विष्णु बहादुर थापा, पूर्व अध्यक्षहरु जीवन बस्नेत, गोविन्दबहादुर कार्की, नवराज विष्ट, लाली गुराँस महिला सहकारी संस्थाकीतुलसा बस्नेत लगायतकाको आतिथ्यता रहेको थियो ।