स्थानीय पत्रपत्रिकाः मृत्यु भइसकेकालाई मृत घोषित नगर्न बाबाले अस्पताललाई दबाब दिएको रहस्योद्घाटन
गुगलपाटी संवाददाताहेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई आफ्नो प्रमुख समाचार बनाएर छापेका छन् ।
प्राकृतिक स्रोतमा व्यक्तिको हालीमुहाली अन्त्य, टिष्टुङ महोत्सव सफल पार्न व्यवसायी कस्सिए, महिला संघले आज देशैभर प्रदर्शन गर्नेलगायत शीर्षकका समाचार आजका दैनिक पत्रिकाले पहिलो पृष्ठमा छापेका छन् ।
सावित्रीको मृत्यु अस्पताल पु¥याउनुअघि
ओम बाबा आश्रममा असोज १ गते मृत्यु भएकी हेटौंडा–११ की सावित्री पुडासैनीको मृत्यु भएको घटनाको रहस्योद्घाटन भएको छ ।
हेटौंडा १४ मा रहेको ओम बाबा आश्रममा झारफुकको लागि पुगेकी पुडासैनीको चुहेहिल अस्पताल ल्याउनु अघि नै मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।
मृत्यु भइसकेको अवस्थामा उनलाई अस्पताल पु¥याइएको अस्पतालले रिपोर्टमा लेखेको छ । शंकास्पद विषय त के छ भने सावित्रीलाई चुरेहिल पु¥याइएलगतै ओम बाबा आश्रमबाट फोन गरी तत्काल मृत्यु भएको घोषणा नगरिदिन आग्रह गरिएको स्रोतले जनाएको छ ।
अस्पतालले उसको आग्रह मान्न नसकिने भन्दै यथार्थ विवरण सार्वजनिक ग¥यो । बाबा भनिने ओमप्रकाश श्रेष्ठविरुद्ध इलाजसम्बन्धी कसुरमा सजाय माग गर्दै परिवारले जाहेरी दिएको छ । श्रेष्ठ हाल प्रहरी हिरासतमा छन् । असोज १ गते बिहान खाली पेटमा २० मिनेटमा १० लिटर पानी खाए रोग निको हुने भन्दै बाबाका सहयोगीले पानी खुवाएपछि सावित्रीको मृत्यु भएको उनको छोरी निशाले बताउँदै आएकी छन् । यो समाचार आजको साझाकुरा दैनिकमा छापिएको छ ।
त्यस्तै आजको हेटौंडा सन्देश दैनिकले प्राकृतिक स्रोतमा व्यक्तिको हालीमुहाली अन्त्य भएको समाचार छापेको छ । मकवानपुरको कैलाश गाउँपालिकाभित्र प्राकृतिक स्रोतमा आधारित उद्योग खोल्दा एकल स्वामित्व कायम नहुने भएको छ । खानीजन्य पदार्थहरुको उद्योग खोल्दा सामुहिक स्वामित्व भएकालाई मात्र अनुमति दिइने कैलाश गाउँपालिकाले नीति लिएको छ ।
आजको प्रदेश दैनिकले काँग्रेसले आज हेटौंडामा ¥याली निकाल्ने समाचार छापेको छ । देशमा बढिरहेको हत्या तथा बलात्कारको घटनाविरुद्ध देशव्यापी कार्यक्रमअन्तर्गत नेपाल महिला संघले आज हेटौंडामा पनि ¥याली निकाल्ने भएको छ ।
हेर्नुहोस् आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ